‘डिठ्ठा साब’ की म्याउचीको चर्चा

जेठ, काठमाडौं ।

कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार राति प्रसारण हुने टेलिशृंखला ‘डिठ्ठा साब’ की छुच्ची बुढी अर्थात् म्याउचीको भूमिका पछिल्लो समय दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । टेलिशृंखलामा उनले बोल्ने शैली र अभिनयका कारण मन जित्दै गएकी छन् ।

करिब ६८ हप्ताअघि अर्थात् डेढ वर्षअघि उनले पहिलोपटक क्यामरामा फेस गरेकी थिइन् । जुनबेला उनी त्यही म्याउचीकै भूमिकामा थिइन् । अहिले फेरि त्यही भूमिकामा दर्शकसामु आइरहेकी छन् । समसामयिक विषय वस्तुमा आधारित रहेर निर्माण भइरहेको ‘डिठ्ठा साब’मा किशोर भण्डारी, रेश्मा तिमल्सिना, यशोदा तिमल्सिनालगायत कलाकारको अभिनय देख्न पाइन्छ ।

जुन बेला उनी एक राष्ट्रिय दैनिकमा काम गर्दै थिइन् त्यो बेला उनकै दिदी रेश्मा तिमल्सिना ‘डिठ्ठा साब’मा सशक्त भूमिकामा थिइन् । त्यहीबेला यशोदाले घरमै दिदीको छोरासँग जिस्किँदै छुच्ची आमाको अभिनय गर्दै थिइन् । त्यसरी केटाकेटीसँग जिस्क्याउँदै गरेको भिडियो रेश्माले सुटुक्क खिचेकी रहिछन् । त्यो भिडियो ‘डिठ्ठा साब’को हातमा पुग्यो । अनि यशोदाको टेलिशृंखलातर्फ बाटो मोडियो ।

उनको त्यो क्यारिकेचरले ‘डिठ्ठा साब’ अर्थात् किशोर भण्डारीको मन छोयो । अनी उनी ‘डिठ्ठा साब’मा अनुबन्धित भइन् । जुनबेला उनले क्यामराको अघि परेकै थिइनन् । न त कुनै प्रशिक्षण नै लिएकी थिइन् । ‘सुरुमा त निक्कै डर लाग्यो नि ∕’, उनले भनिन्, ‘किशोर भण्डारी र रेश्मा दिदीले निरन्तर प्रेरणा दिइरहेका कारण पछि त सामान्य नै लाग्न थाल्यो ।’

डराइडराई क्यामरासामु परेकी यसोदाका लागि अभिनय सामान्य बन्न थालिसकेको छ । अहिले उनी विना टेक ५÷६ मिनेटसम्मको सिन दिन सक्छिन् । उनी त्यसको प्रेरणा ‘डिठ्ठा साब’ र रेश्मालाई दिन्छिन् ।

उनलाई बेलाबखत अन्य टेलिशृंखलाहरूमा पनि अभिनयको अफर आउँछन् । तर अहिलेसम्म उनी ‘डिठ्ठा साब’मा मात्रै देखिएकी छन् । उनको भोलिको लक्ष्य के हो, भन्न सकिन्न । तर, अहिलेसम्म उनी छोटो समयमै अभिनयको दुनियामा सफल बनेकी छन् । ‘मलाई अहिलेसम्म ‘डिठ्ठा साब’ ले चिनाएको छ’ उनले भनिन्, ‘भोलि जे भए पनि म यही दुनियाँमा रमाउन सक्छु भन्ने छ ।’

समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।