जेठ, काठमाडौं ।

आगामी असार २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वीराङ्गना’को पोष्टर सार्वजनिक गरिएको छ । प्रेमकथा र एक्शनले भरिपुर्ण ‘वीराङ्गना’को सार्वजनिक चार पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ । चलचित्रको प्रचार शुरुसँगै चलचित्रले गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् ।

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको यो चलचित्र हरिबोल लामाले खिचेका हुन् भने तारा थापाको सम्पादन छ । चलचित्रको बारेमा बोल्दै निर्देशक सानेले चलचित्रले सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा शसस्त्र प्रहरीले पु¥याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको वारेमा बोलेको बताउँछन् । ‘एक्शन सँगै लभस्टोरी र संगीतको पनि मिश्रण फिल्ममा रहेको छ’, उनी भन्छन् । यस्तै चलचित्रका मुख्य नायक अनुप बिक्रम शाहीले पनि शसस्त्र प्रहरीको योगदान माथी बनेको फिल्म भएकोले आफुले त्यहि भित्रको एउटा पात्रको भुमिका निर्वाह गरेको बताए । यस्तै नायिका शिल्पा पोखरेलले आफुलाई नारी प्रदान र सामाजिक चलचित्रहरु मनपर्ने भएकोले पनि आफ्ना लागी ‘विराङ्गाना’ विशेष भएको बताइन् । ‘पहिलेकै जस्तै एक्शन, लभ र गीतमा मलाई दर्शकले पाउँनेछन् । म सँगै बाँदर र घोडाको कलात्मक कलाले अझ दर्शकलाई मनोरञ्जन बढि दिनेछ ।’, शिल्पा भन्छिन् ।

चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । ‘वीराङ्गना’ र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । शिल्पा, अनुप र पृथ्वीराज को अलवा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । चलचित्रमा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बि.के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।