ढाडे बिरालो मय बन्यो यसपालीको तिज (फोटो फिचर)

...

भदौ, काठमाडौं ।  यसपालीको तिजमा बिभिन्न गितहरु बजारमा आए । जसमध्ये केहि गितहरु निकै चर्चा तथा विवादमा पनि रहे । विवादमा परेमध्येको एक गितको ढाडेबिरालो तिज गित । ज्योतिमगरलाई छोटो पहिरनमा नचाएको भन्दै तिजको मौलिकता हराउने गित बनाएको भन्दै यो गित ठुलो विवादमा पर्यो । विवादसँगै धेरैले गितलाई रोक लगाउनु पर्छ समेत भने तर पनि गितलाई रोकलगाउन भने सकिएन । दिनरात यसैगितको चर्चा चल्दा युट्युवमा एक महिना नबित्दै १० लाख भिजिटर कटिसकेको थियो । चर्चा र विवादले गर्दा नै युट्युव च्यानल र त्यसैगितका निर्मातालाई भने राम्रै फाईदा भयो ।

prakash katuwal यसैबिच यस तिजमा ढाडे बिरालोका गायक तथा गायिका निकै व्यस्त रहे । ‘यता पनि पिरलो उता पनि परिलो चोरी खान पल्केको यो ढाडे बिरालो’ भन्दै आफ्नो ढाडे बिरालो प्रस्तुती पस्कन भ्याई नभ्याईको रुपमा रहेका गायक प्रकाश कटुवाल देश भित्रका बिभिन्न जिल्लाका कार्यक्रममा पुगे । गतबर्षको तिज गित कनाईदेऊ न बाई देखि लिएर अहिलको ढाडे बिरालोलाई दर्शकले निकै रुचाएको गायक कटुवालको भनाई छ ।

विवादमा परेको गितगाउँन अप्ठ्यारो लाग्दैन ? भन्ने आर्टिस्ट खबरको प्रश्नमा गायक कटुवालले यसरी उत्तर दिए, “बजारमा धेरै थरीका गितहरु हुन्छन् सबै गितलाई दर्शक तथा स्रोताले मन पराईदिनु हुन्छ भन्ने हुँदैन, ढाडे बिरालो गित लाई दर्शकले मन नपराउनु भएको भन्न मिल्दै मिल्दैन किनकी यस गितको बिरोध गर्ने दर्शक तथा स्रोता नभएर स्वयम केहि सर्जकहरु हुनुहुन्छ त्यसैले खासै फरक पर्दैन । म स्टेजमा चढिसकेपछि दर्शक बाटै मलाई ढाडे बिरालो गाउनका लागि अफर आएको छ, त्यसैले मलाई किन अप्ठ्यारो लाग्नु र ।”

dhade biralo prakash katuwalगायक कटुवालले हामीसँग कुरागर्ने क्रममा यसबर्षका गितमा ढाडेबिरालोले नै अझ व्यस्त बनाईदिएको बताए । उनले तिजको दिनमै लमजुङको धमिलिकुँवा २ मा भएको एक कार्यक्रममा व्यस्त रहेको बताए । साथै उनले तिजको अघिल्लो दिनमात्रै काठमाडौंका थुप्रै कार्यक्रममा प्रस्तुती रहेको बताए ।

[wpdevart_like_box profile_id=”artistkhabar” connections=”6″ width=”300″ height=”250″ header=”0″ locale=”en_US”]