अनमोलको बलिउडमा इन्ट्रि

जेठ,काठमाडौं ।

नेपालका युवास्टार अनमोल केसीले बलिउडमा प्रवेश गर्ने भएका छन् । वर्ल्ड वाइड रेकडस्  नामको भारतीय म्यूजिक कम्पनीले निर्माण गर्ने चलचित्रका लागि अनमोल अनुवन्ध भएका हुन् । सो कम्पनीका प्रमुख रत्नाकार कुमारले अनमोल र भूवन केसीसँग केही दिनअघि सम्झौता गरेका छन् । अनमोलले ‘ए मेरो हजुर ३’ र ‘ब्याचलर बन्टी’ भन्दा अगाडि नै यो चलचित्र साइन गरेका हुन् ।

बलिउड चलचित्र भएपनि निर्देशन भने नायक भूवन केसीले गर्नेछन् । भुवनले यसबिषयमा चलचित्र बलिउडकै भएको प्रष्ट पारेका छन् । ‘यो बलिउड चलचित्र नै हुनेछ, हामीले यसलाई नेपाली र हिन्दी भाषामा डब गर्नेछौं’, केसीले भने । चलचित्रको छायांकनको समयमा पनि कलाकारले दुबै भाषामा संवाद बोल्ने केसीले बताए । अनमोलले अभिनय गर्ने उक्त चलचित्रको नाम भने तय भइसकेको छैन । अनमोलले यो चलचित्रका लागि निकै महंगो रकम लिएको चर्चा छ । तर, भूवनले अहिले नै पारिश्रमिकको बारेमा केही खुलाउन चाहेनन् । चलचित्रको सुटिङ अगामि फागुन १५ गतेबाट सुरु हुने बताइएको छ । चलचित्रका लागि एक जना नायिका भारतबाट खोजिने र एक जना नेपाली चलचित्रकी नै नायिका हुनेछिन् । चलचित्रका लागि बलिउडका कलाकार ज्याकी श्राफसँग कुरा भैरहेको छ ।

प्रेमकथामा निर्माण हुने यो चलचित्रका लागि प्राविधिक र छायांकन सामग्री भारतबाट नै ल्याइने भूवनले जानकारी दिएका छन् । यो चलचित्रलाई विश्वका ७४ वटा देशमा एकसाथ रिलिज गरिने बताइएको छ । अनमोलले यसबिषयमा आफ्ना फ्यानहरुलाई फेसबुक मार्झत पनि जानकारी दिइसकेका छन् । उनले फेसबुकमा ‘टिकेट टू बलिउड’ भन्दै उक्त समाचारको स्क्रिनसट सेयर गरेका छन्