गायक आशिषले शुरु गरे अष्ट्रेलियामा फेसन कलेक्सन

जेठ , काठमाडौ ।

आशिष गौतम गायन क्षेत्रमा मात्र नभएर अन्य व्यवसायमा पनि उत्तिकै सकृय छन् । नेपाल रहँदा सांगितिक विधामा आफुलाइ सकृय बनाउँदै आएका आशिषले नेपाल बाहिर रहँदा चाइना र अष्ट्रेलियामा आफ्नो विजनेसलाई अघि बढाउँदै आएका छन् । यो बीचमा पछिल्लो पटक आशिषले अष्ट्रेलियामा फेशन कलेक्सन सम्बन्धि व्यवसाय सुरु गरेका छन् ।

मुख्यतः महिलाहरुको फेशन तथा ड्रेस कलेक्सनलाई मध्यनजर गर्दै आरोही पार्टीज कलेक्सनु नाममा आशिषले फेशन ब्राण्ड सम्बन्धि नयाँ विजनेस सुरु गरेका हुन् । यसअघि चाइनामा रहेर उनले लामो समयदेखि फर्निसिङ सम्बन्धी व्यवसाय गर्दै आइरहेका छन् । सिड्नी शहरमा रहेर कुनै पनि नेपालीले फेशन विधामा सुरु गरेको विजनेसलाई आशिषले पहिलो दाबी गरेका छन् ।

पार्टीज कलेक्सनलाई ध्यानमा राखेर आफ्नै छोरीको नाममा ओपनिङ गरिएको आरोही कलेक्सनमा विशेषतः महिलाहरुको लागी पार्टी सम्बन्धि ड्रेस, ब्यागसँगै आर्टिफिसियल ज्वेलरीहरु उपलब्ध हुने उनले बताए । गयन तथा सांगितिक विधालाई सोख मान्ने आशिषले व्यवसाय आफ्नो मुख्यः पेशा मान्छन् ।

गीत गाउने सानो उमेरदेखिको मेरो सोख हो, सुरुवातमा गायनविधामा स्थान नपाउँदै गर्दा कोरियोग्राफीलाई समेत अघि बढाएँ,आशिषले भने, अब भने नेपाली गीत संगीत क्षेत्र र यो सँग जोडिएका व्याक्तित्वहरुसँग केहि नजिक छु, आजको दिनमा गायन क्षेत्रमा सकृयता बढाउन थप हौसला मिलेको छ ।ु

आशिषको स्वरमा पछिल्लो पटक मेरो हरपल तिमी बोलको गीत रिलिज भएको थियो । गीत पछिल्लो पुस्ताका धेरै दर्शक श्रोतामाझ लोकप्रिय छ । भिम बिसीले संगीत भरेको उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ र मरिस्का पोखरेल फिचर छन् ।

गायन र व्यवसायसँगै आशिष उर्फ सचिनु हाल एनआरएन चीनका कार्यसमिति सदस्य पनि हुन् । व्यवसायको कुरालाई थप जोड्दै उनले सिड्नीमा खोलिएको उक्त कलेक्सनमा आगामी दिनमा चीन, हङकङ, ताइवान, भियतनाम र थाइल्याण्डबाट समेत प्रोडक्टहरु आयात गरि व्यवसायमा स्थानिय नेपाली समुदायबीच नयाँ आयाम ल्याएको सिड्नी आसपास बसोबास गर्दै आएका नेपालीहरु बताउँछन् ।