जेठ, काठमाडौ ।

सुपरस्टार अनमोल केसी अभिनित चलचित्र 'जेरी' बाट डेब्यु गरेकी अभिनेत्री आना शर्मा केही समयदेखि चलचित्र क्षेत्रमा देखिन छाडेकी छिन्। 'जेरी'को प्रदर्शन पश्चात् अधिकांश उनको अभिनयको तारिफ गर्ने भेटिए । यसपछि उनलाई नेपाली चलचित्रले सम्भावना बोकेको नायिकाको रुपमा हेरेको थियो ।

पछिल्लो समय निर्देशक हेमराज विसीले उनलाई चलचित्र 'ग्याङ्गस्टर ब्लूज' मार्फत कमब्याक गराए। जसमा अभिनेता आशिरमान देशराज जोशी लिड रोलमा थिए ।

प्रर्दशन अघि चलचित्र बक्सअफिसमा हिट साबित हुने चलचित्र पण्डितहरुको आँकलन थियो । तर, परिणाम भने ठयाक्कै विपरित आयो । इनिसियल व्यापार केही राम्रो रहेपनि चलचित्रले बक्सअफिसमा सफलता पाउन सकेन ।

चलचित्रको घाटा निर्देशकदेखि कलाकारसम्मले ब्यहार्नु पर्यो । हेमराज विसी निर्देशित चलचित्र 'ग्याङ्गस्टर ब्लूज' भने फ्लपको छायाँमा पर्यो जसले आशिरमानलाई करिअरको सुरुवातमा नै नमज्जाको झट्का लाग्यो । त्यस्तै आनालाई हिरोइन लिएर चलचित्र बनाउने सोच बनाएका निर्माताहरु पन्छिन थाले ।

आना हाल कुनै नयाँ प्रोजेक्टमा आबद्ध भएको खबर प्राप्त छैन । बरु उनको लभ लाइफ भने यतिबेला खुब चर्चामा छ । आना अचेल सोनाम छिरिङ शेर्पासँगको प्रेममा छिन् । ग्याङ्गस्टर ब्लूजको प्रर्दशनको समयमा यी दुईको प्रेमले निकै इन्डष्ट्रि तताएको थियो ।