‘रोमियो एण्ड मुना’को राक्षसी पोस्टर सार्वजनिक

जेठ,काठमाडौ ।

चलचित्र  ‘रोमियो एण्ड मुना’ साउन ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । ‘रोमियो एण्ड मुना’को मोन्सटर पोस्टर सार्वजनिक गरिएको छ । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रको बक्सवाला सार्वजनिक गरिसकेपछि यो पटक भने आफु भित्रको दानवलाई चिन्नुस् भन्ने ट्याग लाइन सहित राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरिएको हो ।
यो पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । ‘मोन्सटरलाई पनि चलचित्रमा एउटा पात्रको रुपमा देख्न सकिनेछ’, निर्देशक नरेश कुमार केसी भन्छन्, ‘फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरेका छौं ।

पिएमजी पिक्चर्स भि मोसन पिक्चर्स, र केएस प्रोडक्सनको प्रस्तुती रहेको ‘रोमियो एण्ड मुना’ लाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले एकमत भएर बनाएका हुन् । नरेश कुमार केसीको ‘रोमियो एण्ड मुना’ दोश्रो निर्देशकिय चलचित्र हो ।