जेठ, काठमाडौं ।

चलचित्र प्रमोशनको तरिका पछिल्लो समय फरक फरक अपनाउन थालिएको छ । कसरी हुन्छ दर्शक हलसम्म तान्नका लागी निर्माता तथा निर्देशकहरुले चलचित्रको प्रचारप्रसार प्रभावकारी बनाउन चाहान्छन् । यसैबिच आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बोबी’ ले पनि दर्शक तान्नका लागी प्रमोशनको नयाँ फण्डा अपनाएको छ । चलचित्र हेर्ने दर्शकले नर्वे घुम्न पाउने ब्यवस्था चलचित्र युनिटले गरेको छ ।

‘बोबी’ हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर ‘बोबी’ को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्नेछ । उपलब्ध भएका फोटोलाई फेसबुक लाइभ मार्फत् गोलाप्रथाको माध्यमबाट विजेता घोषणा गरिनेछ । भाग्यशाली दर्शकले आफ्नो जोडीसँगै ‘बोबी’ को जन्मघर पोखरा, कर्मघर ललितपुर हुँदै कर्मथलो नर्वेसम्मको यात्रा गर्न पाउनेछन् ।

मिलन चाम्सले निर्देशन तथा निर्माता गरेको यो चलचित्रमा उमेश थापा र कविता गुरुङको मुख्य भूमिका छ । यो जोडी वास्तविक जोडी पनि हुन् । उमेश र कविताका अलावा चलचित्रमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ । चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ । नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् ।