जेठ, काठमाडौ ।

तेरिया फौजा मगरले अब नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छिन् । उनी २०१४ मा जीटीभीको ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला' जा सिजन ( ९) की विजेता हुन् । उनले म्याक टेन कालुले निर्माण गर्ने नयाँ चलचित्र 'मायाको मोल'बाट नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।

एक मिडियासँगको कुराकानीको क्रममा सुजन विश्वकर्माले तेरियालाई यस चलचित्रको लागी अफर गरेको बताए । म्याक टेन कालुलाई हिट बनाउन सुजनले तेरियालाई चलचित्रमा लिन आफूले पहल गरेको बताका छन् । सुजन भन्छन्, 'उनले फिल्मका लागि १ महिना समय दिनेछिन्' ।

बताइए अनुसार तेरीयाले एक रुपैयाँ पैसा नलिइ चलचित्रमा काम गर्दैछिन् । चलचित्रमा सुहाउँदो भूमिका रहेको तेरिया बताउँछन् । चलचित्रको गीतमा तेरियाका डान्स गुरु सुजन विश्वकर्माले कोरियोग्राफी गर्नेछन् । अहिले चलचित्रको लागि गीत रेकडिङको काम भइरहेको छ ।