जेठ, काठमाडौं

अभिनेत्री अश्लेषा ठकुरी सन्तोस सेनको ब्यानर आसुसेन फिल्मस्ले निर्माण गर्न लागेको चौथो चलचित्र ‘मेरी मामु’मा देखिन भएकी छिन् । चलचित्र प्रेम गीत–२– मा अभिनेता प्रदीप खड्काको जोडी बनि चर्चा कमाएकी अभिनेत्री अश्लेषा ठकुरी फेरी निर्माता सन्तोस सेनकै ब्यानरमा निर्माण हुने चलचित्रमा देखिने भएकी छन् । निर्माता सेनाका अनुसार चलचित्रमा उनले अभिनेता सरुक ताम्राकारसँग जोडी बाध्ने भएकी छिन् ।

चलचित्र 'मेरी मामु’ लाई यम थापाले निर्देशन गरेका हुन र शब्द पनि थापाकै रहेको छ । चलचित्रमा ६ बर्षिय बालकलाकार आयुब सेनको मुख्य भुमिका रहने छ भने कुशुम गुरुङ, भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरीको पनि अभिनय रहनो छ । बालकलाकारमा आयुब सेनको अलवा शुभम बिष्ट र कृजन गौतमको समेत अभिनय रहने छ । तर अभिनेत्री अश्लेषाको चलचित्रमा कस्तो भुमिका रहने छ भन्ने निर्माण युनिटले अहिले खुलाएका छैनन् । चलचित्रको प्रर्दशन मिति भदौ १५ लाई तोकिएको छ ।