असार, काठमाडौं ।

यहि असार २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक गरिएको छ । साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो भने यो भन्दा अघि चलचित्रमा समावेश दुई गीत र चलचत्रिको पोष्टर सार्वजनिक भइसकेको छ ।

ट्रेलरमा मूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई देखी घोडा र बाँदर सम्म फिचरिङ गरिएको छ । फिल्मको ट्रेलरमै प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल लगायतलाई पनि देख्न सकिन्छ । महिला शसस्त्र प्रहरीको विरतामा आधारित ‘वीराङ्गना’ लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको चलचित्र हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको ‘वीराङ्गना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

‘वीराङ्गना’मा सुमी चामलिङ राई सह निर्माता रहेकी छिन् । फिल्ममा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ । चलचित्रलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले वितरण गर्ने भएका छन् ।

यो चलचित्रमा दर्शकका लागी बाँदर र घोडाको अभिनय फरक हुनसक्छ । निर्माण पक्षले पनि प्रचारप्रसार गर्दा यी दुई जनावरलाई केन्द्र बनाएको छ । साथै छायांकनको क्रममा बाँदरको दृश्यहरु खिच्नेक्रममा निकै दुख भएको पनि बताउँदै आएको छ ।

Trailer: