असार , काठमाडौं ।

नायिका मलिना जोशी अभिनित चलचित्र ‘तिमी हुन्छौं जहाँ जहाँ’ आउँदो शुक्रबार बाट प्रदर्शनमा आउँदैछ । यसैबिच नायिका मलिना सँगै नायक मनिष सुन्दर श्रेष्ठ चलचित्रको प्रमोशनमा ब्यस्त छन् । केहिदिन अघिमात्रै देशब्यापी टुरमा पुगेर काठमाडौं फर्किएको चलचित्र टिमसँगै यो जोडी पनि थियो । देशभर चलचित्रको राम्रो प्रचारभएको उनीहरुको भनाई छ।

यसैबिच अबको चलचित्र प्रदर्शन अघिको तीनदिन पुर्णरुपमा चलचित्रको प्रमोशनमा लाग्ने मलिना र मनिषले बताएका छन् । बिहिबार हिमालय टाइम्ससँग कुराकानी गर्नेक्रममा मलिनाले आफ्नो चलचित्रको करिअर बारे पनि केहि बोलिन् । अहिले आफुले गरेका चलचित्रमध्ये कुनैले पनि बक्स अफिसमा राम्रो ब्यापार गर्न नसक्नुको कारणआफुले चलचित्र छान्न नसक्नु भएको बताएकी छिन् । उनले अबदेखी चलचित्र छानेर काम गर्ने बताइन् । ‘मैले अहिलेसम्म चलचित्रको स्क्रिप्ट मात्र गर्ने गरेकी थिए तर त्यतिले मात्र हुँदोरहेनछ । चलचित्र निर्माण टिमको सबैकुरा हेर्नु जरुरी छ, अब त्यो कुरामा ध्यान दिन्छु’, मलिनाले भनिन् । उनले निर्देशक, निर्माता देखी, छायांकार सम्म सबै हेरेरमात्र चलचित्रमा काम गर्ने बताइन् ।

यस्तै उनले ‘तिमी हुन्छौं जहाँ जहाँ’को टिमले पनि चलचित्र राम्रो बनाउन निकै मेहनत गरेको बताइन् । के यो चलचित्रमा तपाईले भनेअनुसार निर्माण टिम चित्तबुझ्दो छ त ? भन्ने हाम्रो प्रश्नमा मलिना भन्छिन्,‘चलचित्र टिमले चलचित्रलाई राम्रो बनाउन धेरै मेहनत गरेको छ, एकदमै सबैकुरामा भरिपुर्ण त भन्दिन तर आफुले सकेसम्मको मेहनत चलचित्र टिमले गरेको छ ।’ यस्तै चलचित्रका नायक मनिषले पनि चलचित्रको कथा छान्ने गरेको बताउँछन् । उनको प्रर्दशनमा आएको पछिल्लो चलचित्र ‘रानी’ पछि चार वटा चलचित्र रिजेक्ट गरेको बताए । आफुलाई कथा मन नपरेकोले चलचित्र गर्न इच्छुक नभएको उनको भनाई थियो । ‘चलचित्रको अफर आयो भन्दैमा सिधै हुन्छ भन्ने कुरा हुँदैन, आफुलाई सुहाउँदो र कथा कस्तो छ त्यो हेर्न जरुरी हुन्छ, त्यसैले रानी पनि चारवटा चलचित्रको अफर रिजेक्ट गरेको छु’, मनिषले भने । मनिष र मलिनाले ‘रानी’मा एकसाथ काम गरेका थिए भने फेरी यो जोडी ‘तिमी हुन्छौं जहाँ जहाँ’मा देखिदैछ ।