‘वसन्त’ माथि अन्तरक्रिया

...

<pre><b>असार , काठमाडौं ।</b></pre><p style="text-align: justify; ">कवि बसन्त चौधरीको नौं भाषामा प्रकाशित कविता संग्रह ‘वसन्त’ माथि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । मंगलबार राजधानीमा साङ्ग्रीला बुक्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कवि चौधरीको कविता संग्रह ‘वसन्त’ का कविताहरुमा समालोचकहरु डा. लक्ष्मण गौतम, डा. सावित्री मल्ल कक्षपती तथा कुमारी लामाले आफ्नो आफ्नो विचार व्यक्त गरेका थिए । यस संग्रह दुई महिना अघि नौ भाषामा प्रकाशित&nbsp; भएको थियो ।&nbsp; कार्यक्रममा निवन्धकार तथा समीक्षक कुमारी लामाले बसन्तका कवितामा प्रेमका आधारमा जीवन दर्शन अभिव्यक्त भएको उल्लेख गरेकी थिइन् ।&nbsp;</p><p style="text-align: justify; ">अर्का समालोचक डा. लक्ष्मण गौतमले कविता दुई किसिमबाट पढिने, एउटा हृदयले र अर्को मष्तिष्कले भन्दै उनका कविता हृदयले पढ्ने किसिमको भएको बताए । उनका कविता पढ्नमा सरल तर गम्भीर भाव बोकेको उनको भनाई थियो । अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको कवि बसन्त चौधरीले जवाफ दिएका थिए । ‘वसन्त’ नेपाली भाषाका साथै अंग्रेजी, नेपाल भाषा (नेवारी), मारवाडी, हिन्दी, मैथली, भोजपुरी, तामाङ र बङ्गाली भाषामा प्रकाशित छ ।&nbsp;&nbsp;</p><div style="text-align: justify; "><br></div>