बलिउड कोरियोग्राफरले सुनिललाई स्टार बन्न दिए शुभकामना

असार,काठमाडौ

बलीउड, एजेन्सी । बलिउडका चर्चित कोरियोग्राफर तथा डान्स इन्डिया डान्सका निर्णायक मुदस्सर खानले नेपाली अभिनेता सुनिल क्षेत्रीलाई स्टार बन्न शुभकामना दिएका छन् । चलचित्र चि मुसि चिबाट चलचित्रमा डेब्यू गरेका सुनिललाई उनका गुरु खानले खुशी व्यक्त गर्दै सफलताको कामना गरेका हुन् ।

एक भिडियो सन्देश छोड्दै खानले डिआईडी सिजन–४ मा टप टेन सम्म पुगेका सुनिल आफ्नो मनपर्ने प्रतियोगी रहेको बताएका छन् । उनले भनेका छन् । निल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ । मेरो तर्फबाट उसलाई धेरै धेरै शुभकामना । तिमी एकदम राम्रो पर्फमर, डान्सर र आर्टिस्ट हौ ।

उनले ४६ सेकेण्डको भिडियोमा डिआईडीमा सुनिलले देखाएको प्रस्तुतीको पनि खुलेर प्रशंसा गरेका छन् । उनी थप्छन्, डिआईडीमा तिमीले आफ्नो फरक पहिचान बनाएका थियौ अब अलग ट्यालेन्ट र स्टारडमबाट आफ्नो पहिचान बनाउँ मेरो शुभकामना छ ।

बलिउड सुपरस्टार सलमान खानलाई आफ्नो गडफादर मान्ने मुदस्सर खान भारतका टप कोरियोग्राफर मध्येमा पर्दछन् । सुनिल, मुदस्सरलाई आफ्नो गुरु मान्दछन् । गुरुको शुभकामनाबाट आफूलाई ठूलो साहस र उर्जा मिलेको सुनिलले बताए ।

सुनिल स्टारर चलचित्र चि मुसि चि आउँदो साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका छन् ।

चलचित्रमा सुनिलका साथमा सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।