असार, काठमाण्डौ।

युवास्टार अनमोल केसीले देशका ठुला चार शहरमा आफ्नो लाइभ प्रस्तुती दिने भएका छन् । मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गर्ने लागेको ‘अनमोल साँझ २०१८’मा अनमोलले भदौ महिना भरी बुटल, चितवन, पोखरा र बिर्तामोडमा भब्य कन्सर्ट गर्ने भएका हुन् । शनिवार राजधानीको पाँच तारे होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले कन्सर्टको बिषयमा जानकारी गराएको थियो । साथै अनमोलले पनि आफ्नो लाइभ प्रस्तुती बारे बोलको थिए । कार्यक्रम नेत्रहिन महिला संघ सहयोगार्थ आयोजना गरिएको आयोजक संस्थाले जानकारी दियो ।

कन्सर्ट आउँदो भदौ ९ गतेबाट शुरु भइ २७ गते सकिनेछ । अनमोलले भदौ ९ गते बुटवल, १६ गते पोखरा, २३ गते चितवन र २७ गते बिर्तामोडमा प्रस्तुती दिनेछन् । कार्यक्रममा बोल्दै अनमोलले आफुले कुनैपनि पारिश्रमिक नलिएको बताए । उनले सामाजिक कामका लागी भनेर आफुले सम्पुर्ण कार्यक्रमका लागी कुनैपनि पारिश्रमिक नलिएको खुलाए । उनले स्टेजमा नृत्य सँगै गीत पनि गाउनेछन् । अनमोललाई स्टेजमा हेलिकप्टरमार्फत पुर्याइने पनि जानकारी गराइयो ।

आयोजक संस्था मोनिकाका अध्यक्ष जिसीले पर्यटन प्रर्बद्धन तथा विशुद्द सामाजिक कार्यका लागि ‘अनमोल साँझ’ गर्न लागिएको बताए । कार्यक्रममा नेत्रहिन महिला संघकी अध्यक्ष सिता सुवेदी पनि उपस्थित थिइन् । यस कन्सर्टका लागि अहिलेसम्म अनमोलसँग स्टेज शेयर अभिनेत्री प्रियंका कार्कीले गर्ने तय भएको छ । अन्य कलाकारको टुंगो चाँडै लाग्ने आयोजक संस्थाको भनाई छ ।

चारवटै शहरमा मनोरञ्जनात्मक कार्यक्रमको साथमा पर्यटन प्रर्बद्धन हुने, कला संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमहरु तथा शिक्षा मूलक सडक नाटक तथआ स्थानिय नयाँ प्रतिभालाई प्रोत्साहन समेत गरिने आयोजक संस्थाका अध्यक्ष कमल जिसीले जानकारी दिए ।

video :