‘नाकाबन्दीमा पेट्रोलमात्र हैन हिन्दि स्रियल र फिल्म पनि रोकियोस’: दिपकराज गिरी

...
Deepak raj giri

………………………………………….  कलाकार दिपकराज गिरी/ फाईल तस्बिर

असोज, काठमाडौं ।  यतिखेर नेपालमा भारतले नेपाल बिरुद्ध नाकाबन्दी गर्ने भन्ने खबरको चर्चा चलेको बेला हाँस्य कलाकार दिपक राज गिरीले पनि मनोरञ्जिय नाकाबन्दीको कुरा उठाएका छन् । नेपालमा आयात हुने खाद्य बस्तु लगायतका सामानमा रोक लगाउने समाचार बाहिर आउँदा कलाकार दिपक राज गरीले भने नेपालमा चल्ने हिन्दि स्रियल तथा हिन्दि फिल्म पनि रोक लगाउनु पर्छ भन्दै लेखेका छन् । कलाकार गिरीले मंगलबार आफ्नो फेसबुकमा यस्तो लेखेका हुन् । उनले अन्य कुरामा रोक लगाउने हो भने मनोरञ्जनमा पनि रोक लगाएर नेपाली नै हुनुपर्छ भन्ने बिचार राखेका हुन् ।

यतिखेर चलचित्र वडा नं. ६ चलरहँदा दिपकराज गिरीले हिन्दी स्रियर र फिल्म पनि रोकिनु पर्छ भन्दै गर्दा ‘कसैले भने कसै लाई के को रन्को, घर जाने ज्वाइ लाई खानको रन्को भने जस्तो, कलाकार लाई आफ्ना चलचित्र बिकाउन को रन्को’ भन्ने जस्ता प्रतिक्रिया पनि दिएका छन् । त्यस्तै कलाकार गिरीले सो प्रतिक्रियामाथि उत्तर पनि दिएका छन् । उनले आफ्नो चलचित्र चलिसकेको र आफ्नो चलचित्रको लागि मात्र यस्तो नलेखेको प्रष्ट पारेका छन् । त्यस्तै धेरैले उनको यो बिचार प्रति समर्थन पनि जनाएका छन् ।