विवाह बन्धनमा बाँधिदै रणवीर–दीपिका, नोभेम्बर १० लाई तोकियो मिति

...

<pre style="text-align: justify; "><b>एजेन्सी ,मुम्बई ।&nbsp;</b></pre><p style="text-align: justify; ">निकै समयको प्रेम सम्बन्धपछि दीपिका पाडुकोण र रणवीर सिंह बिवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार यही वर्षको नोभेम्बर १० मा दुईको बिवाह मिति तय गरिएको छ । यसअघि विवाह १९ नोभेम्बरमा हुने भनिएको थियो । केही कारणले विवाह १० दिनअघि सारिएको छ ।&nbsp; यि दुई प्रेमीका दुवै परिवार यो बिवाहका लागि राजी भएका छन् । दुवै परिवारले विवाह तयारी धुमधामले शुरु गरिसकेका छन् ।&nbsp; विवाह बैंगलोर वा इटालीमा हुनेछ । त्यसपछि साथी तथा समकक्षीहरुलाई मुम्बईमा रिसेप्शन होस्ट गरिनेछ ।बताइए अनुसार दीपिका पाडुकोणको जन्मदिन ५ जनवरीका दिन उनीहरुको विवाहको मिति तय भएको थियो । त्यतिबेला दुवै परिवार मालदीभ्समा छुट्टी मनाउन पुगेका थिए । हाल रणवीरले पनि कुनै नयाँ प्रोजेक्टमा हस्ताक्षर गरेका छैनन् भने दीपिकाले पनि पद्मावतपछि कुनै चलचित्र साइन गरेकी छैनन् । यसले पनि उनीहरुको विवाह चाँडै हुने संकेत गर्छ । यसअघि विवाह १९ नोभेम्बरमा हुने भनिएको थियो । केही कारणले विवाह १० दिनअघि सारिएको छ ।&nbsp;</p>