८० किलोको गाउन लगाएर अवार्ड कार्यक्रममा पुखिन बोल्ड अभिनेत्री उर्वशी , गाउन सम्हाल्नै हम्मेहम्मे

मुम्बई, एजेन्सी ।

बलिउड अभिनेत्री उर्वशी रौतेला प्राय जसो आईटम सङ्ग्बाट बढी चर्चामा आउने गर्छिन । उनको अभिनय र बोल्डलुक्समा उनका लाखौ फ्यान घायल हुने गर्छन् ।  हाल उनी आफ्नो ड्रेसिङ सेन्सका कारण समाचारको हेडलाइन बनिरहेकी छिन् ।  जब  उनी सुनौलो रङको गाउन लगाएर  ‘आइफा अवार्डस्’ मा पुगिन् तब त्यहाँ उपस्थित सबैको ध्यान उर्वशीतर्फ केन्द्रित थियो । उनी त्यति सुन्दर देखिएकी थिइन् ।

उर्वशीले गाउन लगाएको भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । उक्त  भिडियो निकै इन्स्टाग्राम प्रयोगकर्ताले मनपराएका छन् ।

उर्वशीले उक्त गाउन लगाएको तस्बिर इन्टाग्राममा पोष्ट गर्दैै लेखिकी छिन् 'यो  ८० किलोको निकै सुन्दर गाउन लगाएर  म अहिलै बेहोस हुन्छु कि जस्तो लागिरहेको छ ।' उर्वशीलाई उक्त गाउन सम्हाल्न निकै हम्मेहम्मे भएको थियो ।