असार, काठमाण्डौ।

‘सेरोमनी ब्यूटी पार्लर’ ले आफ्नो १६ औँ बार्षिकोत्सव सेलिब्रेटीका साथमा मनाएको छ । जावलाखेलमा रहेको उक्त पार्लरले मंगलवार एक कार्यक्रमका बीच १६ वर्ष पुगेको अवसरमा हाँस्यकलाकार तथा निर्देशक दीपाश्री निरौला, पूर्वमिस नेपाल उषा खड्गी, नायिका तथा संचारकर्मी कृति भट्टराई, गायक तथा कलाकार यमन श्रेष्ठ लगायतका आर्टिष्टसँग केक काटेर खुसीयाली मनाएको हो ।

ब्यूटिसियन मीना न्यौपानेले सञ्चालनमा ल्याएको उक्त ब्यूटि पार्लरको उक्त बार्षिकोत्सव समारोहमा दीपा श्रीले शुभकामनाका शब्द दिदै भन्छिन् ‘म सुन्दर देखिन थालेको १६ वर्ष भएछ जबदेखि सेरोमनी ब्युटी पार्लर खुल्यो । यो हामी सबैको पार्लर हो । भोलीका दिनमा पनि यसको प्रगतिको कामना गर्छु ।’

यस्तै, पूर्वमिस नेपाल खड्गीले सञ्चालिका मीनासहित ‘सेरोमनी ब्युटी पार्लर’ को टिमलाई बधाई दिँदै भविष्यमा यसको गुणात्मक प्रभावको कामना गरिन् । पार्लरकी सञ्चालिका मीना न्यौपाने ग्राहकलाई सहुलियत सेवा प्रदान गर्न कहिले पछाडि नहट्ने बताउँछिन् । उनी 'ललित व्यूटिसियन बहुउद्देश्यीय सहकारी संस्थाु की अध्यक्ष समेत हुन् । यस संस्थाले सौन्दर्य पेशामा सम्मिलित नारीहरुलाई सामुहिक बचत गर्नतर्फ जागरुक गराउने र व्यवसाय प्रवद्र्धनमा आर्थिक सहयोग पुर्याइ महिलाहरुलाई सक्षम तथा आत्मनिर्भरतर्फ अभिप्रेरित गराउँदै आएको छ ।