मिष्टर नेपालको छनोट पोखरामा

असार, पोखरा ।

सौन्दर्य प्रतियोगीता ‘मिष्टर नेपाल २०१८’को छनोट चरणको अडिसन पोखरामा पनि हुने भएको छ । ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने एक युवा छान्ने उदेश्यका साथ यो प्रतियोगीता आयोजना हँुदै आएको छ ।

मंगलबार पोखराको न्युरोड स्थित डिलाइट रेस्ट्रो एण्ड क्याफेमा एक कार्यक्रमका बिच पोखरा अडिसनको बिभिन्न पक्षबारे जानकारी दिइएको हो । पोखराका युवालाई मिष्टर वल्र्डमा जाने अवसरको बाटो खुल्ला गर्न मिष्टर नेपालको अडिसन पोखरमा गर्न लागेको आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । ‘पोखरका युवाहरुका लागि यो महत्वपुर्ण र विषेश अवसर पनि हो’ उनले भनिन् ‘ यो अवसरबाट आफ्नो सुनौलो भबिश्य कोर्न सकिन्छ ।’

केही पुर्व मिष्टर नेपालको समेत सहभागीता रहेको कार्यक्रममा स्थल पोखरमा अडिसन २७ असारमा बिहान १० बजेदेखी साँझसम्म ‘डिलाइट रेस्ट्रो एण्ड क्याफे’ हुने आयोजकले जानकारी दियो ।

प्रतियोगीताबाट रोहित थेवे, जिवन लुइँटेल, गौतम सुवेदी, उज्वल कार्की, सुमेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गौली सुरज चिलवाल, सन्दिप पोखरेल, गणेश अग्रवाल, अक्षय रायमाझी लगायतका बिजेता भइसकेका छन् । यी सबै ब्यक्ति अहिले नेपाली समाजका महत्वपुर्ण ब्यक्तिका रुपमा चिनिन सफल भएका छन् ।

पोखरा अडिसनका लागि मंगलबारबाटै आवेदन दिन सक्ने आयोजकले जनाएको छ । पोखराको अलवा प्रतियोगीताको पहिलो चरणको अडिसन काठमाडौँ, पोखरा, चितवन, वुटवल, धनगढी, इटहरी लगायत देशका प्रमुख शहरमा पनि हुनेछ । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् ।

यो बर्षबाट मिस्टर नेपालमा ४ विजेता छानिने छन् । जस अन्तरर्गत मिस्टर नेपालको  विजेता मिस्टर वल्र्डमा प्रतिनिधित्व गर्ने छ । यसैगरी फष्ट रनर अपले मिस्टर यूनिभर्सल एम्वेस्टर, सेकेन्ड रनरअफले म्यान अफ द इयर र थर्ड रनरअपले  मिस्टर नेश्नल यूनिर्भसमा प्रतिनिधित्व गर्नेछन् ।