तीनबटै प्रज्ञा प्रतिष्ठानलाई सशक्त बनाउने संस्कृति मन्त्रीको भनाई

असार, काठमाडौं ।

केहि समयदेखी तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभ्ने भन्ने विषयमा चर्चा चलिरहेको छ । यसैबिच यसैबिषयमा बुधबार राजधानीको बालुवाटरस्थित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरियो जसमा बिभिन्न सम्बन्धित ब्यक्तिहरुले आ–आफ्ना तर्क राखे ।

कार्यक्रममा उपस्थित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले तीनवटै प्रज्ञा प्रतिष्ठानलाई अझ प्रभावशाली र ससक्त बनाएर लैजाने बताएका छन् । उनले  तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभ्ने भन्ने चर्चा चलिरहँदा सबैलाई अझ ससक्त रुपमा प्रभावशाली बनाएर लैजाने बताएका हुन् । मन्त्री अधिकारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको भ्रमण गर्दै सो प्रतिष्ठानको अबस्था र क्रियाकलापबारे जानकारी लिए ।

भेटघाटका क्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा यस प्रज्ञा प्रतिष्ठानका संरक्षक रविन्द्र अधिकारीलाई स्वागत गर्दै प्रतिष्ठानको प्रतिक चिन्ह प्रदान गरेका थिए । प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित विभिन्न पुस्तक तथा अन्य प्रकाशनहरु हस्तान्तरण गर्दै उनले प्रतिष्ठानको गतिविधि र अबस्थाबारे प्रकाश पारे ।

यस्तै उपकुलपति शम्भूजीत बासकोटाले प्रज्ञा प्रतिष्ठानको संरचना र यसले गरेका विभिन्न कार्यहरुबारे मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।  सो प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेशरञ्जन झा, माधव प्रधान, उदयचन्द्र श्रेष्ठ, उन्नती बोहरा ‘शीला’ले आ–आफ्नो विभागले गरेका विभिन्न कार्यक्रम तथा परियोजनाबारे मन्त्री अधिकारीलाई प्रकाश पारे ।

संस्कृति मन्त्री अधिकारीले सिमित साधन र स्रोतबाट नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत धेरै काम भएको भन्दै यस प्रज्ञा प्रतिष्ठानको लागि भवन निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाए ।