युमिना–निहारिका चाईल्ड आईकन धरान

असार, धरान ।

बिगत आठ वर्षदेखि मिडिया ल्याण्डले आयोजना गर्दै आएका ‘चाईल्ड आईकन धरान–२०१८’ को फिनाले सम्पन्न भएको छ  । जसमा जुनियर तर्फको उपाधि केके इन्टरनेशनल स्कुल धरानकी युमिना श्रेष्ठ र सिनियर तर्फको उपाधि बिष्णु मेमोरियल स्कुल धरानकी निहारिका लिम्बुले जितेका छन् ।

बालबालिकाहरुको प्रतिभा प्रस्तुति प्रतियोगिता चाईल्ड आईकन यसपटकबाट धरानमा पनि सुरु गरिएको आयोजक प्रतिमा श्रेष्ठले जानकारी गराईन् । सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि जुनियरबाट सुमित सेकेन्डरी स्कुलका सजिवित लम्बु र सिनियरबाट सुमिन सेकेन्डरी स्कुल धरानका अनन्त तामाङले जिते । यस्तै सेकेन्ड रनरअपको उपाधि जुनियरबाट केके इन्टरनेशनल स्कुलकी रिजा श्रेष्ठ र सिनियरबाट आईडियल इङलिस स्कुल धरानका अँकित राई राज्यले जिते ।

धरानका बालबालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता त्यहाँ आयोजना गरिएको आयोजक प्रतिमा श्रेष्ठले जानकारी गराईन् । प्रतियोगितामा करिब ७० जना बालबालिका प्रतियोगी थिए । बिजेतालाई विभिन्न उपहार तथा विधालयमा निशुल्क अध्ययनका लागि छात्राबृत्ति प्रदान गरिएको छ ।

यो प्रतियोगिताको निर्णायकमा चलचित्र निर्देशक अरुण प्रधान, व्युटिसियन सिता पाठक, बिनोद श्रेष्ठ, एलिजा मगर, रेश्मा घिमिरे, गोपाल देवान, अशोक जवेगु, संजिभ वान्तवा, मनिकुमार राई र जिता गुरुङ थिए ।