असार, काठमाण्डौ ।

चलचित्र 'चि मुसी चि' को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि दुई गीत सार्वजनिक गरिसकेको चलचित्रको ट्रेलरले दर्शकलाई थ्रिल प्रदान गर्छ ।

यो ट्रेलरले दर्शकमा चलचित्र के कथामा छ भन्ने कौतुहलता जगाउने निर्माण पक्षले बिश्वास लिएको छ ।

ट्रेलरमा अभिनेता सुनिल क्षेत्री र शुसान्त कार्कीको टक्कर देखाईएको छ भने अभिनेत्री अलिशा शर्माको भूमिकालाई प्रष्ट्याईएको छैन । अभिनेता कार्कीलाई भने सिआईबी अफिसरको रुपमा देखाईएको छ ।

हल जानुअगाडी दर्शकलाई एक प्रकारको कौतुहलता प्रदान गर्न ट्रेलरमा सबै कुरा प्रष्ट नखुलाएको निर्देशक दिनेश श्रेष्ठले बताए । उनले भने 'सस्पेन्स थ्रिलमा नयाँ स्वादको चलचित्र बनाएका छौँ, ट्रेलरमा जे–जति दृश्य छन् यि दृश्यहरुले त्यसलाई प्रष्ट पारेको छ' ।

एक अर्कामा हानाथापको नियतले खेलिने खेललाई नेपाली समाजमा 'चि मुसी चि' भनेर चिन्ने गरिन्छ । यहि आधारमा चलचित्रको कथामा पनि केहि त्यस्तै घटना हुनसक्ने अनुमान लगाउन सकिन्छ । त्यो हानाथापको केन्द्रमा नायिका हुन की भन्ने अनुमान ट्रेलरबाट गर्न सकिन्छ ।

यो चलचित्रबाट नै अभिनेता सुनिल र अभिनेत्री अलिशाले डेब्यू गर्दैछन् । यो रिल जोडीलाई नेपाली चलचित्रमा जमिरहन 'चि मुसी चि' ले मद्दत गर्ने निर्माण पक्षले जनाएको छ । सुनिल र अलिशा दुबै नृत्य क्षेत्रमा चर्चित छन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

यसअघि सार्वजनिक शिर्ष गीतले यूट्युबमा दश लाख बढि भ्यूज पाईसकेको छ । चलचित्रको प्रर्दशन मिति श्रावण ११ लाई तोकिएको छ ।

(भिडियो)