दुबईमा भएको जर्नालिजम अवार्डको रकम अशोक दर्जीलाई

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यहि असार ८ गते दुबईमा सम्पन्न हेटौंडा जर्नालिजम अवार्डबाट संकलन भएको रकम बाल गायक अशोक दर्जीलाई सहयोग गरिएको छ । अवार्ड एवं सांस्कृतिक कार्यक्रममा संकलन भएको १ लाख ८५ हजार ३ सय १५ रुपैँयामध्ये ४० हजार रुपैँया कार्यक्रमका दिन नगद हस्तान्तरण गरिएको थियो भने बाँकी १ लाख ४५ हजार ३ सय १५ रुपैँया नेपाल बाणिज्य बैंकमा रहेको अशोक दर्जि ट्रष्टको खातामा जम्मा गरिएको अवार्ड आयोजक न्यू मिडिया एकेडेमीका अध्यक्ष मणीराज गौतमले जानकारी दिएका छन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">कार्यक्रममा दुवईमा रहेका स्थानीय आयोजक समिम खान, मनोज गोर्खाली, भीम अधिकारी र मदन अधिकारीले गायक टंक बुढाथोकीका लागि करिव ३० हजार रुपैँया थप सहयोग गरेका थिए । अवार्डका लागि नेपालबाट ५५ जनाको टोली दुवई पुगेर नेपाल फिर्ती भैसकेकाछन् । दर्जीका लागी दुबईमा रहेका नेपालीहरुले थप रकम सहयोग गरीरहेको पाईएको छ । दुबईमा अवार्ड बहायेक अन्य बिभिन्न समाजहरुले दर्जीलाई ब्यक्तीगतरुपमा पनि सहयोग गरेको बुझिएको छ ।&nbsp; &nbsp;&nbsp;</p>