असार, काठमाडौं ।

राजधानीका ठुला तीन चलचित्र हलको संयुक्त लगानीमा चलचित्र वितरण कम्पनी ‘जिजिए ग्रुप’ सञ्चालनमा आएको छ । दुई दशक भन्दा लामो समय नेपाली चलचित्रको वितरण गरेका मदनमान बज्रचार्यले अष्टनारायणका त्रिरत्न मानन्धर र गुण सिनेमाका महेश कसजुसँग मिलेर नेपाली चलचित्रको नयाँ वितरण कम्पनी ‘जीजीए ग्रुप’ खोलेका हुन् ।

सोमबार राधजानीमा एक समारोहबीच यो बितरण कम्पनीको घोषणा गरियो । बिगतमा डाँफे गु्रप, विश्वज्योती ग्रुप, ड्रम्स गु्रप जस्ता कम्पनीबाट नेपाली चलचित्र वितरण गरेका मदनमानले सोही कार्यलाई निरन्तरता दिन नयाँ समुह जीजीए ग्रुप मार्फत फेरी वितरणमा हात हाल्न लागेको बताए ।

जीजीए ग्रुप घोषणा समारोहमै यो ग्रुपले नयाँ चलचित्र ‘जय भोले’को काठमाडौं उपत्यकामा बितरणका सो चलचित्रका निर्माता एवम् निर्देशक अशोक शर्मासँग सम्झौता गरेको छ । जीजीए ग्रुपका तर्फबाट मदनमान बज्राचार्य, त्रिरत्न मानन्धर, महेश कसजु र निर्माता अशोक शर्माले जय भोलेको वितरण बारे आपसमा हस्ताक्षर गरे । यो चलचित्र आउँदो दशैंको फुलपातिबाट रिलिज हुँदैछ ।

सो हस्ताक्षरपछि मदनमानले भने,‘हाम्रो हलमा सिनेमा चलाएर वितरकहरुले हामीले नै समयमा पैसा नदिएको भनेर निर्मातालाई दुख र हामीलाई बदनाम गरेको पाईयो । त्यसैले हामी आफैंले वितरण कार्य सुरु गर्न लागेका हौं ।’ आफुहरुले फिल्म प्रदर्शन भएको दुईसाता भित्र सबै हिसाव बुझाउने पनि बज्रचार्यले बताए,‘हलवालाबाट नआए पनि हामी आफ्नै गोजीबाट इमान्दारितापूर्वक निर्मातालाई पैसा दिनेछौं । फिल्मलाई प्रदर्शनअघि प्रोत्सान गर्न प्रचार प्रसारमा सघाउने, चलचित्र पुरा गर्न १५ प्रतिसतमा अग्रिम पैसा दिने, प्रचार सामग्री बनाईदिने जस्ता कार्य पनि गर्ने छौं ।’

कार्यक्रममा बोल्दै निर्माता शर्माले भने,‘वितरकहरुले चलचित्र लगाएको लामोसमयसम्म पनि पैसा नदिएको आरोप निर्माताले लगाएको बेला जीजीए ग्रुपले चलचित्र प्रदर्शन भएको दुई साताभित्र सबै हिसाब बुझाउने प्रतिबद्धता जनाउनु प्रसँसनीय कार्य हो । मदनमानले बिगतमा पनि डेढ दशकसम्म इमान्दारपूर्वक वितरण कार्य गरेकाले उनकै नेतृत्वमा खुलेको जीजीए गु्रपले मैले जय भोलेको वितरण जिम्मा काठमाडौंको लागि दिएको हुँ ।’ यो समुह निकै इमान्दर रहने विश्वास पनि उनले व्यक्त गरे ।

सांसद एवम् चलचित्रकर्मी रामबीर मानन्धरले चलचित्र वितरणमा यो समुह इमान्दर रहने विश्वास व्यक्त गरे । बक्स अफिसले मात्र हिसाब किताब स्पष्ट नहुने भन्दै निर्मातालाई वितरक र हलवालाले पनि इमान्दारसाथ हिसाव स्पष्ट पारेर दिनु पर्ने सुझाब उनले दिए ।

निर्माता एवम् कलाकार बिनोद मानन्धरले चलचित्र प्रदर्शन गर्दा महिनौ वितरकले आफ्नो पैसा रोकेको दुखेसो पोख्दै यो ग्रुपले अब त्यसो नगर्ने बताए ।