किन पुष्प कुनै चलचित्रमा आबद्ध छैनन् ?

असार, काठमाडौ ।

चलचित्र ‘दर्पण छायाँ २’ बाट डेब्यु गरेका अभिनेता पुष्प खड्काले पहिलो चलचित्रबाट सफलताको स्वाद चाख्न नपाएका उनले दोश्रो चलचित्र  ‘मंगलम’बाट भने धेरै राहत पाए । ‘मंगलम’को जति चर्चा भयो त्यसको चैगुणा चर्चा अभिनेता पुष्पले पाए । धेरैले उनलाई र उनको कामलाई वाही वाही गरे । पहिलो चलचित्रबाट लागेको फ्लप ट्याग हट्यो ।

पुष्प यो वर्ष भएका हरेक अवार्डमा दावेदार सहित उत्कृष्ट पाँच अभिनेताको सुचिमा पनि परिरहेका छन् । तर, अवार्ड भने उनले आफ्नो पोल्टामा पार्न सकेका छैनन् । उनले यस वर्षको ‘डि सिने अवार्ड’मा भने उत्कृष्ट क्रिटिक्स अवार्ड हात पारे ।

‘मंगलम’बाट पुष्पले धेरै फ्यान फलोअर्स पनि कमाए । उनको नयाँ चलचित्र हेर्न दर्शक कुरिरहेका छन् । तर, पुष्प भने अहिले कुनै  चलचित्रमा आबद्ध छैनन् । पुष्प राम्रो  चलचित्रको प्रतिक्षामा रहेको बताउँदै आएका छन् । पुष्प  चलचित्र  ‘छक्का पञ्जा ३’मा आबद्ध भएका थिए । तर, आन्तरिक विवादका कारण उनले त्यो  चलचित्रमा पनि काम गरेनन् । पुष्पले हत्तारमा ‘छक्का पञ्जा ३’ साइन गरेका थिए । तर, पछि हुलमुलमा हराउने डरले होला उनले  चलचित्रबाट हात झिके ।

उनले ‘मंगलम’ फिल्मका निर्देशक नवल नेपालले निर्देशन गर्ने नयाँ  चलचित्र ‘मन्द मन्द’मा काम गर्ने हल्ला सिने बजारमा चलेको थियो । तर, अहिले ‘मन्द मन्द’ नबन्ने भएको छ । नवल अहिले नयाँ  चलचित्रको स्कृप्टमा छन् । त्यसमा भने पुष्प रहने हुन वा हैनन भन्ने बाहिर आएको छैन ।

म्युजिक भिडियोको चर्चित नाम पुष्प अहिले भने म्युजिक भिडियोमा नै व्यस्त छन् । उनको हरेक हप्ताजसो म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् ।