असार, काठमाडौ,

चलचित्र ‘कस्मिक लभ’ को छायांकन धमाधम भइरहेको छ । केहि साता अगाडी निर्माण टीमले काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको आधिकारिक घोषणा सहित शुभसाइत गरेको थियो । अफिसियल घोषणा गरिएको चलचित्र ‘कस्मिक लभ’का छायाँकन सेटबाट केहि तस्विरहरु सार्वजनिक भएका छन् ।

चलचित्र ‘कस्मिक लभ’ को गत असार ११ बाट छायांकन शुरु गरिएको हो। अहिले चलचित्रको ललितपुर स्थीत बज्रबाराहीमा शुटिङ भइरहेको छ। सार्वजनिक तस्विरमा नयाँ कलाकार पुजन थापा र रिजन थापा प्रस्तुत छन् ।

रोमान्टिक कमेडी जनरामा निर्माण भइरहेको चलचित्रमा, सस्पेन्स पनि रहेको छ।’कस्मिक लभ’ मा जय गौतमको लगानी रहेको छ,भने कार्यकारी निर्माताका रुपमा डि।एन। दाहाल छन्। साथै बि।एस बलामी तथा एस। अधिकारी निर्देशक रहेका छन्।

सुरज प्रधानको प्रस्तुती रहेको चलचित्रमा पहिलो पटक अर्पण थापा, प्रशान्त ताम्राकार,रोबिन तामाङ तथा नायिका दिया मास्केलाई एकै साथ देख्न सकिने छ । यसका साथै नव नायक तथा नायिकाको रुपमा रिजन थापा तथा पुजन थापाले यसै चलचित्रबाट डेब्यु गर्दैछन्।

चलचित्र बिपिन मल्लले सम्पादन गर्नेछन् । उक्त चलचित्रमा राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरुको समेत अभिनय छ।

‘कस्मिक लभ’मा सुरेश बझ्रचार्यको छायांकन,शेखर ज्ञवालीको लेखन,तथा संगीत बाबुल गिरीको तथा बाबु साहेबको एक्सन छ। कबिरराज गहतराज तथा रामजी लामिछानेले गीतमा कोरियोग्राफी गर्नेछन्।