असार , काठमाडौ ।

बलिउडका चर्चित गायक कैलाश खेरको जन्म ७ जुलाई १९७३ मा उत्तर प्रदेशको मेरठमा भएको थियो । कैलाशका पिता कश्मीरी पडित थिए र उनलाई भजन तथा अन्य गीतमा एकदमै रुची थियो । एसै कारणले नै बचपन देखिनै कैलाश खेरलाई पनि संगितमा मोह बढन् थाल्यो। मात्र ४ बर्षको उमेरमानै कैलाशले गीत गाउन शूरु गरे । उनले बचपनमानै गीत गाएर आफनो आवाज मार्फत सबैलाई मोहित पार्ने गर्थे । उनले गायनलाई लिएर आफ्नो करियर बनाउन खोजे तर यो कुरालाई लिएर उनका परिवारले बिरोध गरे । तर कैलाशले हार मानेनन् । उनले १४ बर्षको उमेरमानै संगितका लागी घर छाडे । उनले धेरै संघर्ष गरेर भारतका बिभिन्न ठाउँमा गएर संगितको बारेमा ज्ञान लिन थाले । कैलाशका लागी यति सानो उमेरमा यस्तो बाटोमा अघि बढ्नु सजिलो थिएन् । आफ्नो लागी खर्च निकाल्न कैलाश आफुले बच्चाहरुलाइ संगित सिकाउने गर्न थाले ।

घर छाडेका एक्लो उनको एक सक्षम गायक बन्ने सपना पुरा हुन सकेन । उनको जिवनमा अध्यारो छाएको थियो । के गर्ने , कसो गर्ने उनले सोच्न सकेनन् । त्यसपश्चात १९९९ सालमा उनले आफ्नो साथीसंग मिलेर ह्यान्डीक्राफ्ट एक्सपोर्ट बिजनेस गरे । कैलाश र उनका साथीलाई यस बिजनेसले नराम्रो संग डुबायो । यसपछि कैलाशले आफ्नो जिन्दगी देखि हार खाए यति सम्म कि उनले आत्महत्या गर्ने कोशिशसम्म गरे ।

केही समयपछि उनी मुंबई गए । उनलाई गुजारा चलाउनका लागी आएका गीतका अफर उनी छाड्दैन थिए । जस्तो गीत पनि उनी गाइदिन्थे । उनी संग स्टूडियो जानका लागी पर्याप्त पैसा हुदैन थियो । कैलाशका लागी त्यो ठाउँ नयाँ जरुर थियो तर संगीतको लगावले उनलाई उनलाई मुश्किलको घडिमा हिम्मत दिने गर्थियो । कैलाशको जिवनमा एक सक्षम गायक बन्छुनै भन्ने आशाको दियो तब बल्यो जब उनको भेट म्यूजिक डाइरेक्टर राम सम्पत संग भयो र उनलाई एउटा एडमा जिंगल्स गाउन मौका दिइयो । उनले 'पेप्सी से लेकर कोका कोला' जस्ता ठुला जिंगल्स गाए।

धेरै संघर्ष गरे पछि उनले पहिलो पटक हिट गीत 'अल्लाह के बंदेु' गाउन सफल भए । उनलाई यस गानाले यति लोकप्रियता दियो कि उनले फेरी पछाडी फर्केर आफ्नो बितेको जिन्दगीलाई कहिल्यै हेर्न परेन । उनका एकएक गीत हिट हुन थाले । उनको माग बढ्न थाल्यो । उनले अहिले बलिउडका हजारौ गीत गाइसकेका छन् र धेरै अर्वाड हासिल गर्न सफल भएका छन् । उनले 'रब्बा','ओ सिकंदर' र 'चांद सिफारिश' लगायत अन्य थुप्रै गाना गाएका छन् ।