जापानमा नेपथ्यको कन्सर्ट

असार, टोकियो ।

नेपथ्य ब्याण्डले जापानमा रहेका नेपालीहरुलाई आफ्नो प्रस्तुतीबाट मनोरञ्जन दिएको छ । ‘टोकियो डोम सिटी हल’ मा नेपालीदर्शक सहित केहि जापानीज दर्शक पनि झुमेका थिए ।

सन् २०१५ मा महाभुकम्प गएपछिका तस्बिरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरु भएको थियो । ब्याण्डले उक्त भुकम्पकै ताका, पूर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो । कन्सर्टमा ‘भेँडाको ऊनजस्तो’ देखि ‘छेक्यो छेक्यो’ हुँदै पछिल्लो समयका नेपथ्यका हिट गीतहरु ‘शिरफूल’ र ‘कोशीको पानी’ सम्म प्रस्तुत गरिएको थियो  ।