
<pre style="text-align: justify; "><b>असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र पण्डित बाजेको लौरीको पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रविन खतिवडामात्र फिचर छन् । <br></p><p style="text-align: justify; ">अधृत फिल्म्स प्रालीको व्यानरमा निर्माण भएको यो चलचित्र दिपक ओलीले निर्देशन गरेका हुन् । चलचित्र थमन कुमार भण्डारी राज र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठुलो जात भनिने पण्डितबीचको सम्बन्धको कथा यसमा देखाउन खोजिइको छ ।</p><p style="text-align: justify; ">चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, सन्धया केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका आर्टिष्टहरुको अभिनय रहेको छ । चलचित्रमा मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँररदीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लरअमित श्रेष्ठको संगीत छ ।</p>