असार, काठमाडौ ।

चलचित्र ‘साली कस्को भेनाको’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको यस चलचित्रले दर्शकको मन पक्कै जित्ने निर्माण टिमको भनाई छ । उनीहरु चलचित्र सामाजीक बिषयमा निर्माण गरिएको बताउँछन् ।

ट्रेलरमा नायिका सुष्मा कार्कीले ३४ वर्षको उमेरमा २२ वटा श्रीमान फेरिसकेकी देख्न सकिन्छ । चलचित्रमा सुष्मा कार्कीको अलवा बुद्धि तामाङ, विल्सन बिक्रम राई, रजनी गुरुङ, मरिश्का पोखरेल, कविता आले जयनन्द लामा, पनि अभिनय रहेको छ । प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्र भद्र भुजेल निर्देशनले निर्देशन गरेका हुन् । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी हुन् । चलचित्र पुष्प आचार्यले लेखेका चलचित्र दीर्घ गुरुङले खिचेका हुन् । त्यसैगरी चलचित्र सम्पादनमा भने बनिष शाहको हात रहेको छ । चलचित्रको गीतमा भने शाही ठकुरी, प्रसाद श्रेष्ठ, र मिन घलानको संगीत रहेको छ ।

(भिडियो)