चर्चित अभिनेत्री प्रियंका कार्कीले गरिन इन्गेजमेन्ट, बिवाह कहिले ?

असार, काठमाडौ ।

अहिलेकी निकै व्यस्त अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले करीब २ बर्ष देखिको प्रेमसम्बन्ध बिवाहमा परिणत गर्ने पक्का गरेका छन । गएको शनिबार प्रियंका र आयुष्मानले गुपचुप रुपमा निकटस्थहरुको सहभागितामा इन्गेजमेन्ट गरेका हुन्  । इन्गेजमेन्ट समारोहमा अन्य सेलिब्रेटीहरुको उपस्थिति नभई कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो ।

पूर्व मिस नेपाल जेनिशा मोक्तानले यी जोडिलाई बधाई दिँदै सामाजिक सञ्जालमा केही तस्विर सार्वजनिक गरेकी छिन् । त्यस्तै आयुष्मानकी आमा रविना देशराजले पनि इन्गेजमेन्टको  तस्विर सेयर गर्दै छोरा बुहारीलाई बधाई दिएकी छिन् ।

पछिल्लो समयदेखि यो जोडी सार्वजनिक कार्यक्रममा सँगै देखिँने गर्थे । आयुष्मान र प्रियंकाले 'चंगा चेट' ,'छक्का पञ्जा २', 'कथा काठमाण्डु' जस्ता चलचित्रमा एक साथ काम गरिसकेका छन् । प्रियंका र आयुष्मानको इन्गेजमेन्ट सम्पन्न भए तापनि विवाहको मिति भने अहिले तोकिएको छैन ।

video Report: