हलमा छैनन् नेपाली फिल्मका दर्शक

आर्टिष्ट खब/ असार, काठमाडौं ।

गएको शुक्रबारबाट एकैसाथ चार नेपाली चलचित्र प्रदर्शनमा आए । बिगत दुई सातादेखी बलिउडका ठुला चलचित्रको चेँपुवामा परिने डरले नेपाली निर्माताहरुले चलचित्र प्रदर्शन गर्ने आँट गरेनन् र यो साता चारै चलचित्र प्रदर्शनमा आए । यो साता बलिउडको नयाँ चलचित्र प्रदर्शनमा नआउँदा यहिबेलालाई नेपाली चलचित्र निर्माताहरुले उत्तम मानेर आफ्नो चलचित्र प्रदर्शन गरे । तर नेपाली चलचित्रका लागी यो समयपनि उत्तम रहेन । शुक्रबारबाट प्रदर्शनमा आएका सबैजसो चलचित्रमा शनिबार नै दर्शकको संख्या निकै कम छ । चार मध्ये केहि चलचित्रमा त एकहलमा सय दर्शक पनि छैनन् । ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ यो साताबाट प्रदर्शनमा आएका हुन् ।

शनिबार हलमा दर्शकको प्रतिक्रिया बुझ्नका लागी राजधानीको ठुलो हल गोपिकृष्णमा पुगेका ‘बाबु कान्छा’का मूख्य कलाकार नायक सलोन बस्नेत र नायिका करिष्मा श्रेष्ठ दर्शकनै नदेखेर प्रतिक्रिया नबुझि फर्किए । उनीहरु दर्शक हलबाट निस्केलान् र प्रतिक्रिया बुझौला भनेर झण्डै ४५ मिनेट भन्दा बढी हलको गेटमा कुरिरहेका थिए तर चलचित्रको समय सकिएर बाहिर निस्किदा दर्शक खै भनेर खोज्नुपर्ने अवस्था थियो । यस्तै शनिबार दिउसोको समयमै अर्को चलचित्र ‘वीराङ्गना’का नायक पृथ्वी प्रसाई पनि एक्लै गोपिकृष्ण हल पुगेका थिए । उनीपनि हलमा पहिलाका चलचित्रमा जस्तो दर्शक नदेख्दा अचम्म परेका थिए । उनले केहि दर्शकसँग भने प्रत्यक्ष प्रतिक्रिया लिने अवसर पाएका थिए । प्रतिक्रिया बुझ्ने क्रममा दर्शकले चलचित्रको कथालाई बिशेष मन पराएको बुझिएको थियो ।

यस्तै अर्को चलचित्र ‘यो पागल मन’को टिम झन् प्रतिक्रिया बुझ्न हिडेकै छैनन् । अन्य तीनवटै चलचित्रको हकमा यो चलचित्रमा दर्शक निकै कम छन् । दुईबर्ष अघि निर्माण भएको यो चलचित्रका नायक बिनोद न्यौपाने यो चलचित्रबाट निकै आशावादी देखिन्थे तर उनको सपना पनि सपनामा मात्र सिमित हुन पुगेको छ । यस्तै अर्को चलचित्र ‘बोबी’ले तीन चलचित्रको हकमा धेरै दर्शक पाएको छ । तर प्रदर्शन भएको दोश्रो दिनमा अन्यसमयका चलचित्रले जति दर्शक पाउँथे त्यसरी हेर्दा भने निकै कम छ । यो चलचित्रले मल्टिप्लेक्स हलहरुमा केहि शो पाएको छ भने अन्य चलचित्र मल्टिप्लेक्सबाट उत्रिसकेका छन् । शनिबार साँझ सम्म यो चलचित्रले पनि ‘क्युएफएक्समा’ जम्मा चार शो मुस्किलले पाएको थियो । यो चलचित्रका निर्देशक मिलन चाम्सले भने चलचित्रले निकै राम्रो ब्यापार गरेको बताउँछन् । उनले सिंगल थिएटर भन्दा क्युएफएक्स हलहरुमा आफ्नो चलचित्रले राम्रो ब्यापार गरिरहेको बताउँछन् । शनिबार दिउँसो गोपिकृष्ण हलको १ बजेको शोमा चार चलचित्रकै दर्शक जोड्दा तीनसय पनि पुग्न मुस्किल देखिन्थ्यो ।\

यता दुईसाता अघिदेखी प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सञ्जू’ले पनि नेपाली दर्शक राम्रै पायो । विश्वभर नै बहुप्रतिक्षित बनेको यो चलचित्रले दुईसाता सम्म एकलौटी रुपमा नेपाली दर्शक कमाइरहेको छ ।