रेखा थापाको ‘मालिका’को पहिलो गीत यस्तो बन्यो (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नायिका रेखा थापको अभिनय तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘मालिका’को पहिलो गीत सार्वजनिक गरिएको छ । हल्का माया के माया, गाढा लगाउने’ बोलको गीतमा अन्जुपन्तको स्वर छ भने चलचित्रका निर्माता तथा स्कृप्ट राइटर नर बहादुर कार्कीकै शब्द छ । गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">राजधानीमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतको भिडियोमा उपस्थित सञ्चारकर्मि तथा चलचित्रकर्मिहरुले राम्रो प्रतिक्रिया दिए । कार्यक्रममा बोल्दै रेखाले आफुले निकै मेहनत गरेर बनाएको चलचित्र मध्येको एकमा ‘मालिका’ पर्ने बताइन् । साथै उनले सधैं नारी सशक्तिकरणको बिषयलाई चलचित्रमा उठान गर्ने गरेको र अहिलेपनि यो चलचित्रमा नारीकै बिषयलाई उठाइएको बताइन् । ‘मैले बिगतका चलचित्रहरुमा पनि नारीकै बिषयलाई उठाएकी थिएँ, नारीले पनि यो समाजमा केहि गर्नसक्छन् भन्ने भनाई मेरो तर्फबाट सधैं रहनेछ’, रेखाले भनिन् । यस्तै उनले आफुले कुनैपनि पदका लागी काम नगरेको बताइन् । उनले रेखा थापा हिरो हुन् भन्नेहरुका लागी आफ्नो नामको अगाडी कुनै ट्याग नझुण्ड्याउनका लागी आग्रह गरिन् । उनले नामका लागी काम नगर्ने बताइन् ।&nbsp;</p><p style="text-align: justify; ">कार्यक्रममा चलचित्रका निर्माता कार्कीले नायिका थापाको शाहषलाई लिएर केहिबेर बर्णन गरे । उनले रेखाभित्रको हिरोजम नियाल्ने मौका पाएको बताए । नायिका तथा निर्देशक थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्व–पश्चिम रेलको परिकल्पना गरिएको छ । चलचित्र&nbsp; आउँदो लक्ष्मी पूजाको दिन प्रदर्शन हुने तयारीमा छ ।&nbsp;</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/ahMs-S2sFxU" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>