
<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो साउन १८ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘झमकबहादुर’को दोश्रो ट्रेलर रिलिज गरिएको छ । पहिलो ट्रेलर सार्वजनिक भएसँगै चलचित्रले सकारात्मक सँगै नकारात्मक प्रतिक्रिया पनि खेप्नु परेको थियो । साउथको चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपी भनेर धेरैले आलोचना गरेका थिए ।</p><p style="text-align: justify; ">भोमन कटुवाल निर्देशीत यो चलचित्र सुन तस्करी, लुट तथा अपहरणको कथामा निर्माण गरिएको हो । ट्रेलरमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, राजन महर्जन, सुजाता थापाको मुख्य भूमिका छ । ओम सुनारको संगीत रहेको चलचित्रमा राजु किराँतको एक्सन छ । मिन कुमार तामाङले निर्माण गरेको चलचित्र पवन गौतमले खिचेका हुन् । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/TJFo4Fkxz5Y" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>