आर्टिष्ट खबर/ साउन, काठमाण्डौ ।

चलचित्र ‘टिनएज’का निर्देशक दिनेश पाख्रिनले आफ्नो चलचित्रले युवाहरुलाई संस्कार सिकाउने बताए । टिनएजर युवाहरुको कथामा बनेको यो चलचित्रमा युवाहरुले धेरैकुरा सिक्ने पाउने उनको भनाई छ । मंगलबार राजधानीको अनामनगरस्थित बिनायो क्याफेमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक पाख्रिनले भने, ‘चलचित्र युवाहरुको कथामा बनेको छ, यसले टिनएजर युवाहरुलाई संस्कार सिकाउनेछ ।’ चलचित्र हेर्ने दर्शकलाइ चलचित्र टिनएज ले भरपुर मनोरन्जन दिने उनको दाबि छ ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका कलाकारहरु नरेश बिर सिं, प्रतिक्षा खड्का, सरोज शाह, एन्जिला खड्गी, सरिता राजोउपाध्याय, अजय खड्का , माया मगर लगायतका कलाकारको उपस्थित रहेका थिए । साथै संगीतकार बिकाश चौधरी , बितरक सरोज शर्मा ले पनि आ आफ्नो धारणा राखेका थिए । चलचित्र बिरु मगर , चिनि माया वाइवा , देबिका खड्का , बुद्धिमान स्याङतान निर्मल ले निर्माण गरेका हुन् । चलचित्र यहि साउन २५ गतेबाट प्रदर्शनमा आउँने तयारीमा छ ।