आर्यन सिग्देल सँग डेटिङ जान चाहन्छिन् हर्के हवल्दारकी ‘मैना’

...

sobha bhandariअसोज, काठमाडौं । कान्तिपुर टेलिभिजनमा प्रसारण हुदै आएको टेलिश्रृंखला हर्के हवल्दारमा मैनाको भुमिकामा अभिनय गर्दै आएकी छिन् शोभा पण्डारी । पेशाले मोडल कलाकार रहेकी शोभा पछिल्लो समय हर्के हवल्दारबाट उनी मैनाको रुपमा परिचित छिन् । काठमाण्डौको गोंगबुमा बस्दै आएकी शोभा मोडलिङ क्षेत्रकी कलाकर हुन् । उनले अहिले सम्म ९ वटा म्युजीक भिडियोमा अभिनय गरीसकेकी छिन् । एक बर्ष अघिमात्र मोडलिङ क्षेत्रमा प्रवेश गरेकी शोभाले आफुलाई सबैको साथ र सहयोग मिलेको र संघर्षले गर्दा आज यो ठाउँसम्म पुग्न सफल भएको बताउँछिन् । उनले दुई वटा सट मुभिमा समेत अभिनय गरेकी छिन् ।sobha bhandari

सानैदेखी मोडल बन्ने लक्ष्यका साथ यस क्षेत्रमा होमिएकी उनी साथीभाई र परिवारको प्रेरणाले झनै उत्साहित छिन् । मोडलिङ क्षेत्रमा लागेको एकवर्षको अनुभव सुनाउँदै उनले भनिन् – यस क्षेत्रमा लागिपर्यो भने नाम पनि छ अनि दाम पनि । साथै हामीले रमाईलो प्रसंगमा उनलाई यदि आफुले चाहेको नायक सँग डेटिङ जाने मौका मिल्यो भने कसलाई रोज्नु हुन्छ भनेर सोध्यौं, उनले यसरी जवाफ दिइन् “यदि त्यस्तो मौका नै मिल्यो भने त उमेरले ठुलो भएपनि नायक आर्यन सिग्देलसँग डेटिङ जान्छु ।”

साथै कसैले डेटिङको प्रस्ताव राखे सोच्न बाध्य हुने बताईन् । सेक्स सबैको जिवनमा अनिवार्य रहेको उनले धारणा छ । अहिलेसम्म कसैको पनि मायाप्रेममा नफसेकी बताउने उनलाई उमेर नै यही समयको भएको बताउँदै प्रेम प्रस्तावको भने ओईरो लाग्ने बताउँछिन् । उनी भन्छिन् – अहिले करियर बनाउनमै ब्यस्त रहेको छु , प्रेमतिर त ध्यानै छैन ।

तस्विर स्रोतः – गोपाल चित्रकार