अमेरिकामा अन्जु र राजुसँग झुमे दर्शक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

पोखरामा निर्माणाधीन कराँते प्रशिक्षण भवनका लागि सहयोग जुटाउने उद्धेश्यले अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना गरिएको ‘नेपाली म्युजीक फेस्टिभल–२०१८’ सम्पन्न भएको छ । जुलाई १४ मा आयोजना गरेको सो फेस्टिभलमा चर्चित गायिका अन्जु पन्त र चर्चित गायक राजु लामाका साथमा द एक्स ब्याण्डले आफ्ना सुमधुर गीत प्रस्तुत गरेका थिए । उनीहरुको गीतमा उपस्थित दर्शक झुमेका थिए । कार्यक्रम अमेरिकामा रहेका नेपालीहरुको समाजसेवी संस्था हिमालयन फाउन्डेसनले आयोजना गरेको हो ।

उक्त फेस्टिभलमा सात सय भन्दा बढी नेपाली उपस्थित भएको र करिब ६९ लाख रुपैयाँ संकलन भएको आयोजक हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले जनाएका छन् । उनले कार्यक्रमको खर्च कटाएर बाँकी सबै रकम कराते भवन निर्माण सम्पन्न गर्न तथा बिभिन्न गाउँमा रहेका स्कूलको पुनर्निर्माण तथा लाइब्रेरी स्थापनाका लागि सहयोग गरिने बताए । हिमालयन फाउन्डेसन कर्पले नेपालमा गरेका बिभिन्न काम तथा अबका योजना बारे निर्माण गरिएकाृे बृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति गार्मेट इन्नोभेसनका प्रमुख मार्क नेमिकले ११ हजार अमेरिकी डलर सहयोग प्रदान गरेका थिए । त्यसैगरी, केटिएम ग्रुप एलएलसी र सान फ्रान्सिस्को होलसेल कि प्रमुख एवं हिमालयन फाउन्डेसनकी प्रमुख टीण्डु शेर्पाले पनि ११ हजार डलर सहयोग प्रदान गरिन् ।

कार्यक्रमका बिशिष्ट अथिति रामबाबु पाण्डेले ५ हजार डलर सहयोग गरेको आयोजक संस्थाले जनाएको छ । म्युजीक फेस्टिभवको सुरुवाती चरणको औपचारिक कार्यक्रम फिल्म निर्देशक नारायण पुरीले संचालन गरेका थिए भने सांगीतिक कार्यक्रमको संचालन एस बाबु सन्दिपले गरेका थिए । कार्यक्रममा करिब तीन दर्जन समाजसेवी तथा ब्याबसायिले सहयोग रकम प्रदान गरेको जानकारी यज्ञलालले दिएका छन् ।