आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली क्रिकेटर सन्दीप लामिछानेले गाएको गीतको भिडियो सार्वजनिक गरिउको छ । गीति एल्बम ‘प्रतीक्षा’ को पहिलो गित ‘उदास थियो मेरो यो मन’ को म्युजिक भिडियो एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । विनोद भण्डारीको शब्द संयोजन रहेको उक्त गीतको निर्देशन निशान घिमिरेले गरेका छन् । लामिछानेको गीतको म्युजिक भिडियोमा मोडल जीवन भट्टराई र श्रृष्टि खड्काको अभिनय रहेको छ । व्यञ्जनको प्रस्तुति रहेको म्युुजिक भिडियो काठमाडौंमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सन्दिपलाई सञ्चारकर्मिले संगीत र क्रिकेटमा एक रोज्नुपरेमा के रोज्नुहुन्छ भन्ने प्रश्न गरेका थिए, जसमा उनले क्रिकेट नै रोज्ने उत्तर दिए । यसैबीच, सन्दीप लामिछानेलाई निम्बसले प्रोत्साहन स्वरुप ५० हजारनगद सहित सम्मान गरेको छ ।

video: