आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आजबाट चलचित्र ‘भैरे’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । यो बक्स अफिस लागुभएसँगै प्रदर्शनमा आएको नयाँ चलचित्र हो । बिहिबार राजधानीमा पत्रकार भेटघाटगर्दै चलचित्र युनिटले चलचित्रको बिषयबारे जानकारी गरायो । चलचित्रका कलाकारहरुले छायांकनको बेलाका आ–आफ्नो अनुभव सुनाए ।

चलचित्रका नायका दयाहाङ राईले आफूलाई निकै मनपरेको कथाको चलचित्रमा काम गर्न पाएको बताए । यस्तै उनले चलचित्रमा काम गर्दा निकै गाह्रो भएको र अहिले प्रतिफल आउन लाग्दा उत्साहित भएको पनि बताए । उनले चलचित्र आफ्नो टाइपको भएको बताए । चलचित्रका अर्का कलाकार बुद्धि तामाङले यो चलचित्रले नेपाली परिवेशको कथा बोल्ने भन्दै अर्गा्निक बिषय उठाइएको बताए । यस्तै नायिका बर्षा शिवाकोटीले छायांकनको समयमा जाडोले सताएको अनुभव सुनाइन् । चलचित्रले देशमै केही गर्न सकिन्छ भन्ने कथालाई उठान गरेको अर्की नायिका सुरक्षा पन्तको तर्क थियो । उनले पनि चलचित्रको कथावस्तु निकै पावरफूल रहेको बताइन् ।

अर्की नायिका जान्वी बोहराले चलचित्रमा काम गर्दा रमाइलो भएको भन्दै आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने सुनाइन् । उनले एक गाउँको महिलाको भूमिका निभाएकी छिन् । यस्तै चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहराले आफूहरुले निकै मेहनतका साथ चलचित्र निर्माण गरेको र दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताए । उनले चलचित्रमा बैदेशीक रोजगारमा नगएर नेपालमै पनि केहि गर्न सकिन्छ भन्ने नेपालको यथार्थ कथामा चलचित्र बनेको बताए ।