मुम्बई, एजेन्सी ।  
 बलिउड अभिनेता ईशान खट्टर र अभिनेत्री जाह्नवी कपूरको चलचित्र 'धडक'ले <span style="color: rgb(68, 68, 68); font-family: "Noto Sans", sans-serif; font-size: 16.5px;">सुखद सुरुआत गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको उक्त चलचित्रले पहिलो दिन ८.७१ करोडको कारोबार गरेको छ। ट्रेड विश्लेषकहरुले चलचित्रले पहिलो दिन ७ करोड कमाउने अनुमान गरेका थिए। 
साथै यस चलचित्रले एक ठूलो चलचित्रको रेकर्ड तोडेको छ। पहिलो दिनको कमाईको मामिलामा ‘स्टुडेन्ट अफ द इयर’को रेकर्ड समेत तोडेको हो। २०१२ मा प्रदर्शनमा आएको यो चलचित्रले बक्स अफिसमा पहिलो दिन ८ करोड कमाएको थियो। पहिलो दिनको कमाई हेर्दा चलचित्रले आलिया भट्टको ‘राजी’को रेकर्ड पनि तोड्न सक्ने अनुमान गरिएको छ। 