आर्टिष्ट खबर/ साउन, काठमाडौँ ।

महिला तथा पुरुषहरुको सौन्दर्य प्रतियोगीता ‘नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८’ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन् । मोडल सङस् नेपाल प्रालिले आयोजना गरेको यस प्रतियोगीता राष्ट्रिय नाँचघर जमलमा सम्पन्न भएको हो ।

एघार जना अन्य प्रतिश्प्रधिहरुलाई पछि पार्दै स्वेता तिमल्सिनाले बिजेताको ताज चुम्न सफल भएकी छन् भने फस्र्ट रनरअप अलिना ब्लोन र सेकेण्ड रनरअपमा रितु श्रेष्ठ भएकी थिइन् भने मस्ट पपुलरमा जेनिशा श्रेष्ठले ताज जित्न सफल भएकी थिइन् । त्यसैगरी पुरुष तर्फ आठ जना प्रतिश्प्रधिलाई उछिन्दै भाइचुङ राइ बिजेता बनेका छन् भने फस्र्ट रनरअप सागर कार्की र सेकेन्ड रनरअप सन्दिप बम भएका छन् । प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको निर्देशक सुजन रिमालले बताए ।

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को अन्तिम प्रतिश्पर्धा गोपाल सुन्दर लाल कक्षपतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने डा सुशिला मल्ल, संचारकर्मी गीता अधिकारी, निर्देशक राजु केसी र किशोर पौडेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए । कोरियोग्राफर दिवस भट्टराइले गरेका थिए ।