एकपछि अर्को चलचित्र फ्ल्प हुँदा अब निर्देशन बन्दै इमरान

मुम्बई/ एजेन्सी

बलिउड अभिनेता इमरान खान बलिउडमा आफ्नो ठाउँ बनाउन नसकेका कलाकार हुन् ।  उनले  २००८ मा  'जाने तू या जाने ना ' चलचित्रबाट डेब्यु गरेका हुन् । उनले अभिनय गरेका चलचित्र सबैजसो फ्ल्प हुने गर्छन् । इमरानको डेब्य चलचित्र 'जाने तू या जाने ना' ले पनि बक्स अफिसमा खासै ब्यापार गर्न सकेन् ।  संजय दत्त र मिनिषा लाम्बाको मुख्य भुमिका रहेको चलचित्र 'किडन्याप' मा इमरान नकारात्मक भूमिकामा देखिएका थिए ।  उकत चलचित्र बक्स अफिसमा फ्ल्प हुन पुग्यो । उनी अभिनित चलचित्र 'लक' ले भने केही दर्शकको साथ पाएको थियो ।

अंग्रेज़ी भाषाको हास्य चलचित्र 'देली बेली' ले भने उनलाई अलि माथी उकास्यो । उनको उक्त चलचित्रले बक्स अफिसमा राम्रै ब्यापार गर्यो । यो चलचित्र लगतै उनले चलचित्र 'मेरे ब्रदर की दुल्हन' मा कटरीना कैफको साथमा मुख्य साथ भूमिका निर्वाह गरे । उनको यस चलचित्रले अरु चलचित्रको तुलनामा राम्रो प्रतिक्रिया पायो । उक्त चलचित्र ९ सितंबर २०११ मा प्रर्दशनमा आएको थियो ।

अक्कल झुक्कल इमरान अभिनित चलचित्रले सफलता पाए पनि उनको प्राय चलचित्र फ्लप नै छन् ।  पछिल्लो समय प्रर्दशनमा आएको उनको चलचित्र 'कट्टी बट्टी'  सुपरफ्लप रहयो । कंगना रनौतको साथमा अभिनय गरेको उक्त चलचित्रले उनलाई अझ निराश बनायो ।

लगातर उनी अभिनित चलचित्र हाल फ्ल्प भएपछि उनले अब नयाँ कदम चाल्ने भएका छन् । इमरानले अब चलचित्रमा अभिनय होइन चलचित्र निर्देशन तर्फ हात बढाउने बताएका छन् । चलचित्र निर्देशन गर्ने भनिएपछि उनले के नामको चलचित्र निर्देशन गर्दैछन् भन्ने बारे खुलाएका छैनन् ।