ऋतिक र कंगना एकअर्काको दुश्मन, कंगनाले बदला लिन गरिन् यस्तो प्लान

...

<pre><b>मुम्बई– एनेन्सी ।</b></pre><p>निकै लामो समयको प्रेम सम्बन्धमा रही बिछडिएका बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावतले गएको वर्ष बलिउड निकै तताए । अहिले यि दुइ एउटै इण्डस्ट्रीमा भएपनि दुबैबीच सम्बन्ध राम्रो छैन् । दुबै एकअर्कालाई दुश्मन मान्छन्। केही समय अघि प्रेममा रहेका ऋतिक र कंगनाको लफडा कानुनी प्रक्रियासम्म पुग्यो सम्म हुन पुग्यो । बिवादका कारण ऋतिकको घरबार नै टुट्न पुग्यो।&nbsp;</p><p>हाल कंगना आफ्नो आगामी चलचित्र&nbsp; ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ मा व्यस्त छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी आफ्नो चलचित्रमार्फत ऋतिकसँग भिड्न खोज्दैछिन्। उनी ऋतिकको ‘सुपर ३०’ सँग आफ्नो&nbsp; चलचित्र भिडाउने तयारीमा छिन् । बक्स अफिसमा उनको भिडन्त पूर्व प्रेमी ऋतिकसँग हुने भएको छ।<br></p><p>उनले अक्षय कुमारको चलचित्र ‘गोल्ड’को प्रदर्शन हुने दिन अगस्ट १५मा आफ्नो चलचित्रको ट्रेलर सार्वजनिक गर्दैछिन्। यता ऋतिकको चलचित्रको प्रदर्शन मिति तय भइसकेको छ। उनको चलचित्र आगामी वर्ष २०१९ को गणतन्त्र दिवसका अवसरमा प्रदर्शनमा आउँदैछ। त्यसकारण यही मितिमा ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’लाई भिडाउन कंगना एकदम लागिपरेकी छिन् ।</p>