आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यस साताको शुक्रबार नेपाली चलचित्र 'चिँ मुसी चिँ' र 'रोमियो एण्ड मुना' प्रदर्शनमा आएका छन् । लभस्टोरी जनराको 'रोमियो एण्ड मुना' र म्यूजिकल थ्रिलर जनराको 'चिँ मुसी चिँ' ले बक्सअफिसमा प्रतिस्पर्धाको शुरुवात गरेको छ ।

दिनेश श्रेष्ठले निर्देशन गरेको 'चिँ मुसी चिँ' मा सुशान्त कार्की, शिवराज कार्की, अलिशा शर्मा, कमली वाइवा, शेखर अधिकारी, सुनिल क्षेत्री, लागयतका कलाकारहरुको अभिनय छ । चलचित्रमा शिवराम कार्की कार्यकारी निर्माता र अरुण गुरुंग, महेश्वर खत्री, सुवास भुर्तेल, डव बहादुर गुरुंग निर्माताको रुपमा छन् । चलचित्रको प्रस्तुतकर्ता प्रिन्स युवराज कार्की र अनिल पाण्डे हुन भने सम्पादनमा भूपेन्द्र अधिकारी रहेका छन् । चलचित्रमा सुरज अधिकारीको संगीत रहेको छ भने बासु न्यौपानेले चलचित्र खिचेका छन् ।

त्यसतै नरेश कुमार केसीको निर्देशनमा बनेको चलचित्र 'रोमियो एण्ड मुना' मा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनयले मुख्य भूमिका निभाएका छन् । लभस्टोरी कथा रहेको उक्त चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन रहेको छ भने गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत रहेको छ । त्यसैगरी प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी रहेको छ भने चलचित्र निर्माणमा प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।