आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

सांगीतिक व्याण्ड इथोजले दर्शकमाझ चौथो एल्बम ‘प्रस्ताव ३’ ल्याउने भएको छ । व्याण्डका गायक रुद्र शमशेर जबरा ‘अजय’ले एल्बमको गीतको काम अन्तिम चरणमा रहेकाले चाँडै श्रोतामाझ आउने बताए । उनका अनुसार एल्बममा आठ गीत समेटिएका छन् । यी गीतमध्ये ७ गीतमा शब्द र संगीत उनकै छ भने एक गीतमा विशेष पाण्डेको शब्द संगीत छ । ‘एल्बममा पप, आरएण्डबी फ्लेबरका गीत छन् । युवापुस्तालाई लक्षित गरेर तयार पारिएको एल्बमका दुई गीतको थाइल्याण्डका विभिन्न सहरमा छायांकन गरिएको छ’ उनले भने । एल्बमलाई रिबेल इभेन्ट प्रालिले बजारमा ल्याउने तयारी गरिरहेको छ ।

व्याण्डले यसअघि ‘आश्मा’, ‘प्रस्ताव’ र ‘प्रस्ताव २’ एल्बम यसअघि नै बजारमा ल्याइसकेको छ । इथोज व्याण्डले १३ औं इमेज अवार्डमा बेस्ट व्याण्ड अवार्ड, कान्तिपुर अनर्स अवार्ड ११ मा बेस्ट ब्याण्ड, कालिका म्युजिक अवार्ड २०११ मा बेस्ट ब्याण्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड ११ मा बेस्ट सङ कम्पोज्ड र बेस्ट म्युजिक भिडियो अवार्ड पाइसकेको छ ।

तेस्रो एल्बम प्रस्ताव २ मा रहेको गीत गल्ती मेरो छैनले स्टार एफएम म्युजिक अवार्ड २०१४ मा बेस्ट ब्याण्ड, ओएस नेपाल म्युजिक अवार्ड २०१७ मा बेस्ट व्याण्डको अवार्ड पाएको थियो ।