हजारौंको भिडमा नारीको कथामा मनछुने मौलिक लोकगीत ‘जान्न फर्केर’ (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा पछिल्लो समय दैनिकजसो गीत सार्वजनिक भइरहेका हुन्छन् । बिशेष गरी अहिले नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसरमा सयौं गीत बजारमा आइसकेका छन् । बर्षेनी हजार बढी तीज गीत सार्वजनिक हुने गर्दछन् । तीनैबिचमा केहिले मात्र दर्शकको राम्रो साथ पाएका हुन्छन् । यसैबिच यसबर्षको तीजको कोसेली स्वरुप नारीको कथामा रहेको निकै मार्मिक लोकगीत सार्वजनिक गरिएको छ । जसमा चेलीको माइती र घरको कुरा समेटिएको छ । चेलीले बिवाह गरेर घर गइसकेपछि घरमा आइपर्ने दुखः र माइती समक्ष पोखिएका बेदना गीतमा समेटिएको छ । गीतको भिडियो निकै मर्मस्पर्शी छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ‘जान्न फर्केर’ बोलको उक्त गीतमा गायिका प्रिती आले र प्रचण्ड जिसीको स्वर रहेको छ । जसमा सुवास केसीले शब्द भरेका छन् । गीतलाई झलक संगीतमले एरेन्ज गरेका हुन् भने सञ्जय श्रीपालले मिक्सिङ गरेका हुन् । गीत आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड भएर बजारमा आएको हो । गीतको भिडियो सुवास केसीले निर्देशन गरेका हुन् । भिडियोमा दिपाशा बिसी, सुरबिर पण्डित, सारदा गिरी, चन्द्र शर्मा, बेगम नेपाल, सुवास केसी लगायतको अभिनय रहेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि सांसद तथा लोकगायिका कोमल वलीले नेपालमा अझैपनि कतिपय ठाउँमा नारीहरु परिवारबाटै हेलामा पर्ने गरेको बताइन् । पुरुषबाट अपहेलित हुनेनारीहरु आँफैले लडेर अगाडी बढ्नुपर्ने बताइन् । उनले संसदमा नेपाली नारीहरु प्रति भएको अपहेलना, बलात्कार जस्ता घटनाहरुको बिषयमा बेलाबेलामा आवाज उठाउँदै आएको पनि बताइन् । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले एक मौलिकता झल्किएको गीत बजारमा आएको भन्दै प्रसंसा गरे । साथै उनले निर्माण टिमलाई शुभकामना दिए ।

भिडियोका निर्देशक सुवास केसीले भिडियो पहिलो पटक निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै केसीले निकै मेहनतका साथ भिडियो तयार पारेको बताए । उनले त्रिशुली नदी किनारमा छायांकन गर्दाका केहि दुखका क्षणहरु पनि सुनाएका थिए । यस्तै मोडल दिपाशाले त्रिशुली नदीमा पानीमा डुबेर छायांकन गर्दा निकै कठिनका साथ काम गरेको बताइन् । उनले निकै डरका साथ काम गरेको र आज प्रतिफल राम्रो आउँदा निकै उत्साहित रहेको बताइन् । भिडियोका अन्य कलाकार सुरबिर पण्डित, सारदा गिरी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

video:

Video Interview of Preeti Ale's family: