‘मुक्त आशा’ बिमोचन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">मुक्तकसंग्रह ‘मुक्त आशा’को बिमोचन गरिएको छ । यो कवि आशा लिम्बूको दोस्रो काब्यकृति हो । बुधबार काठमाडौंमा एक समारोहका बीच वरिष्ठ कवि, मुक्तक लेखक तथा गीतकार रत्न शमशेर थापाले विमोचन गरे । कार्यक्रमका प्रमुख अतिथि गीतकार रत्न शमशेर थापाले मुक्तक लेखन कठिन भएको भन्दै मुक्तक लेखनमा नियमको प्रयोग आवश्यक रहेको बताए । उनले भिमदर्शन रोकाबाट सुरु भएको मुक्तक यात्रा आजको अवस्थामा आइपुगेको भन्दै आफ्ना केही चर्चित मुक्तक वाचन गरे ।</p><p style="text-align: justify; ">समकालीन साहित्य प्रतिष्ठान, बेलायतको आयोजनामा सम्पन्न कार्यक्रममा डा. ऋषिराम शर्माले समीक्षात्मक टिप्पणी गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष साहित्यकार श्रीओम रोदनको सभापतित्वमा सम्पन्ने कार्यक्रममा लेखक आशा लिम्बू, डा. लेखप्रसाद निरौला, रामप्रसाद पन्तले बोलेका थिए । यस अघि कवि लिम्बूको कविता संग्रह आशाका रंगहरु प्रकाशित भइसकेको छ ।&nbsp;&nbsp;</p><div style="text-align: justify; "><br></div>