आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गएको असारको पहिलोसाताबाट छायांकन शुरु भएको चलचित्र ‘प्रसाद’मा नायिका नम्रता श्रेष्ठले पहिलो पटक गाउँले महिलाको भूमिका निर्वाह गर्दैछिन् । यसभन्दा अघि थुप्रै प्रेमकथाका चलचित्रमा प्रेमिकाको भूमिकामा देखिएकी नम्रताले ‘प्रसाद’को आफ्नो भूमिका निकै च्यालेन्जिङ रहेको बताएकी छिन् ।

नम्रताले आफूले एकघरको गृहणी महिलाको भूमिकामा निभाएको बताउँछिन् । ‘चलचित्रमा म गाउँले महिलाको भूमिकामा छ्ु, अहिलेसम्म यस्तो भूमिकामा नभएकाले मेरालागी च्यालेन्जिङ भूमिका हो’ नम्रताले भनेकी छिन् । यस्तै उनले ‘प्रसाद’मा दिइएको आफ्नो भूमिकामा धेरै पहिलादेखी नै कामगर्ने इच्छा राख्दै आएको बताइन् । अन्ततः ‘प्रसाद’ टिमले आफूलाई योग्य सम्झेर जिम्मेवारी दिएकोमा खुसी लागेको बताएकी छिन् ।

चलचित्रमा नम्रता अभिनेता निश्चल बस्नेतको श्रीमती नारायणी बनेकी छिन् । उनले निश्चलसँग पहिलोपटक स्क्रिन सेयर गरेकी हुन् । ‘निश्चल दाईसँग मैले स्क्रिन’ सेयर गर्दैछु भन्ने थाहा पाउँदा नै खुसी लागेको थियो’, नम्रताले भनेकी छिन् । सामाजिक कथामा निर्माण गरिएको यो चलचित्रमा एकजोडीको निसन्तानको समस्यालाई देखाइएको छ ।

दिनेश राउत निर्देशीत यो चलचित्रमा सुभाष थापाको लगानी छ भने चलचित्रको कथा सञ्चारकर्मि शुशिल पौडेलले लेखेका हुन् । चलचित्रका छायांकार राजेश श्रेष्ठ हुन् भने कोशिस क्षेत्री र सुवास भूषाल संगीत रहनेछ ।