
<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, बैंकक ।</b></pre><p style="text-align: justify; "> गएको शुक्रबारबाट नेपाल प्रदर्शन भएको चलचित्र चिमुसी चिले थाइल्याण्डबाट बिदेश प्रदर्शन शुरु गरेको छ । थाइल्याण्डको राजधानी बैंककमा मेजर सिनेप्लेक्समा भएको पहिलो प्रदर्शनबाट गरेको छ । सयौंदर्शकले चलचित्र हेरिसकेपछि निकै राम्रो प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले यसको सस्पेन्स पाटो र गीतसंगीतको मुक्तकण्ठले प्रशंसा गरेका छन् । </p><p style="text-align: justify; ">चलचित्रको थाइल्याण्डका विभिन्न शहरमा १२ भन्दा बढी शो हुने बताइएको छ । शनिवार नै थाइल्याण्डको पतैयामा पनि यस चलचित्रको अर्को शो भब्य रुपमा सम्पन्न भएको छ । बैंकक र पतैयामा सफल प्रदर्शन पश्चात फेरि सो ठाउँमा उक्त फिल्म प्रदर्शन हुने सम्भावना बढेको आयोजक संस्था थाई नेपाली संघले जानकारी दिएको छ । चलचित्रको प्रदर्शनका लागि कार्यकारी निर्माता शिवराज कार्की र अभिनेता सुशान्त कार्की यतिबेला थाइल्याण्डमा छन् । दिनेश श्रेष्ठ निर्देशित ‘चि मुसी चिुमा अलिशा शर्मा र सुनिल क्षेत्रीको पनि प्रमुख भूमिका छ । नृत्य क्षेत्रमा आफूलाई स्थापित गरिसकेका यी दुईको यो डेब्यु चलचित्र हो । </p><p style="text-align: justify; ">नेपालसँगै थाइल्याण्डबासी नेपालीले पनि यो कपलको अभिनयको तारिफ गरेका छन् । यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।</p>